उदक यात्री सहयात्री शाेभा अर्यालका उत्कृष्ट उदकहरू

  • २० असार २०७९, सोमबार २०:२८ मा प्रकाशित

  • शुभकामना
    असार पन्ध्र
    राष्ट्रिय धान दिवस !


    किसान
    दु:ख सुख
    हुँदैन कुनै पीडा !


    असार
    घन्किछ गीत
    गाउँ हामी मित !


    लगाउ बीउ
    नखाेज हिलाेमा निहुँ !


    अन्न
    छरेर धान
    राेपाैँ हिलाेमा झन !


    खेती
    राेपेर धान
    गर्नुपर्छ सधैँ मान !


    सङ्घर्ष
    किसानकाे जाँगर
    नेताले सधैँ आँगार !


    असार
    छरेर बीउ
    नबस्नु खाेजेर निहुँ !


    मेहेनत
    दु:ख गरेर
    धान धेरै फलेर !

    १०
    मलजल
    उर्भरा शक्ति
    गरेर माटोको भक्ति !

    ११
    फुर्ती
    बीउका छाँट
    गरेर हामीले आँट !

    १२
    मेला
    असारको बेला
    बेसीमा दिनहुँ भेला !

    • सहयात्री शाेभा अर्याल, रुपन्देही

    Leave a Reply