टुक्काकार रामप्रसाद पुरीका उत्कृष्ट टुक्का कविताहरू

  • २ असार २०७९, बिहीबार १९:५१ मा प्रकाशित
  • १.
    ऋतु ग्रिष्ममा ताती पृथ्वी पलाउँछन् मुनाहरू,
    हठीका पनि पुगेसी म्याद खुस्कन्छन् तुनाहरू ।
    २.
    गर्छु भन्याै गरेका गरै छाै शून्य अठचालीस देखि यता,
    याे मैले हो ऊ पनि आफैँले भनी गरेछाै उल्टाे हाे कि कता।
    ३.
    खेल नानाथरी गरी बगायाै पानी बिनाको खाेला,
    पुग्नु थियो चुचुरो पुग्याै पनि पुगेसी देख्याै होला ।
    ४.
    गरिब दु:खी र पिछडा मात्रै देख्याथ्याै त्यतिखेर,
    आफू ढलीमली गर्न पाएसी बिर्सेका साथी हेर ।
    ५.
    मर्ने बेला साेच्नु त उल्टो नामको के काम,
    कमाउनु कमायाै मित्र हो आफ्नै बद्नाम ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    Leave a Reply