टुक्का माथि टुक्का लेखन शृङ्खलाको २६ औँ भाग शनिबार सम्पन्न

  • १७ चैत्र २०७८, बिहीबार २२:४५ मा प्रकाशित
  • काठमाडौ, १२ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २६ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४८ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २६ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    सफलता कसरी मिल्छ हेर लड्दै नलडेर,
    धर्तीमा जति छन् शत्रु सारा ठहरै नपरेर ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    शत्रु नभई सफल कहाँ सदैव पछि परून्,
    हिम्मत छ भने पल पलमा मेरै डाहा गरून्।

    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [२]
    मेरो सफलतामा आरिसले जल्नेहरू जल्दै गरून् ,
    मलाई रिस र डाहा गर्नेहरू , सबै उत्तानो परून् ।

    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [३]
    समय र भाग्य दुईवटै परिवर्तनशील हो, अहङ्कार गर्नु हुँदैन,
    मिहेनत गरिरहने व्यक्तिलाई, सफलता प्राप्त गर्न कसैले छुदैन।

    ✍️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४]
    म सक्दिनँ कि भन्दै डगमगाउनु राम्रो हैन,
    हर चिज पूर्ण भएको दुनियाँमा कोही छैन।

    ✍️ म्यामराज राई
    हतुवागढी-६,भोजपुर

    [५]
    आफ्नै बाहुबलले बढ्नु छ अगाडि,
    रिस गर्नेलाई लगाउँदै पछाडि ।

    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [६]
    बोल्ने बोल्दै गर्छन् कदम चाल्न नछोड,
    हार भयो भन्दैमा बाटो अन्तै नमोड ।

    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [७]
    देशले रगत मागेको छ नहुने भो संघर्ष नगरी,
    नागरिकले सुःख पाएनन् देशभित्र राक्षस नमरी।

    ✍️ सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [८]
    लड्नु संघर्ष ‌गर्नु आफ्नै जिन्दगीसँग भाई,
    भिड्ने अहित हुने कार्य नगर्नु कसैलाई ।

    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [९]
    मित्र चिन्नु साम, दाम, हुदैनन् अरु शत्रु,
    प्यारो हुन्छ स्वार्थ हाम्रो मिलेर सबै पत्रु।

    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१०]
    धरतीकै सारा शत्रु आरिसले जले, जल्दै लौ पछि पर,
    सफलताको दियो बालिरहन्छु, निभाउनेले फुक्दै गर।

    ✍️ अच्युत घिमिरे
    दोभान भुटान 🇧🇹

    [११]
    हुँदैन हित गर्दैमा युद्ध किन पाे लडाइँ,
    मारेर मान्छे भनिने जित याे कस्ताे बढाइँ ।

    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    [१२]
    हात्तीहरू हिड्दै गर्छन्, कुकुर भुक्दै गर्छन्,
    वीरहरू लड्दै गर्छन् नामर्द मान्छे डर्छन् ।

    ✍️ रामजी लामिछाने
    पोखरा २७

    [१३]
    चुहिन्छ पसिना परिश्रमको मीठो हुन्छ फल,
    मिल्दछ खुसी आनन्द थुप्रै चुहाई स्वेद जल ।

    ✍️ कमला देवकोटा
    पाल्पा, हाल काठमाडौ

    [१४]
    बैगुनीलाई गुनले नै मार्नु भन्छन्,
    गुन गर्यो बदलामा भुसुना गन्छन् ।

    ✍️राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [१५]
    अगाडि बढ्न लक्ष्य मजबुत गर,
    सफलता मिल्छ अवश्य भर पर ।

    ✍️ दुर्गा तिवारी
    काठमाडौ ,महाराजगन्ज

    [१६]
    मारेर मान्छे बलियो भइदैन मित्र,
    मानवता भन्ने कुरा साच्नू आफूभित्र ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [१७]
    सफल हुनु नहुनु मेहनत इमान्दारीमा भर पर्छ,
    आह्रिसेहरूको फाँईफुट्टी हेर्दै जानु आफ सेआफ झर्छ ।

    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [१८]
    सफलताको शिखर पुग्नु अघि आत्मविश्वासमा भर परौँ,
    सानो ठूलो जस्तो काम भए पनि घमण्ड नगरी सुरु गरौँ ।

    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड

    [१९]
    संघर्ष जति गरेपनि यहाँ, सफल को चाहिँ हुन्छ?
    चाकडी गरे जीत हुन्छ नेताको, जसको बोली सुन्छ !

    ✍️ गोपालकृष्ण डंगोल
    इटहरी, सुनसरी ।

    [२०]
    अधिकार लिनलाई आफैँ अगाडि बढ्नुपर्छ,
    जसलाई पारि पुग्नुछ उसैले पो खोला तर्छ ।

    ✍️जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२१]
    लड्नु मित्र जीत र हार पक्कै होला,
    आफ्नै मार्गको लागि बग्नै पर्छ खोला ।

    ✍️ प्रेम थापा “मन”
    बागलुङ

    [२२]
    शत्रु अनि मित्र भन्नु मनको कारण मात्र,
    निरन्तर परिश्रमले सफल हुन्छ पात्र ।

    ✍️ अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२३]
    हिड्दा लड्न सक्छ बिचमै बाटो मोड्नु हुन्न,
    सिधा हिड्नुपर्छ बाह्रहाते टाँगले छुन्न ।

    ✍️ बिके माकजु
    भक्तपुर ।

    [२४]
    जल्नदेऊ दन्किएर सुख्खा घाँसहरू,
    आँट लेऊ निरन्तर जिल्लिनेछन् बरु ।

    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [२५]
    सफलता हात पर्दछ आफ्नै पौरखले,
    विडम्बना सित्तैमा खोज्दछ यो समाजले ।

    ✍️ शंकर कार्की
    थाहा,३ मकवानपुर।

    [२६]
    कर्तव्यले शान्ति मिल्छ शत्रु जल्दै गरून्,
    कदम रोक्नु हुन्न चाहे ठहरै परून् ।

    ✍️ इश्वरी अधिकारी
    लमजुङ

    [२७]
    लडाउनु चाहनेहरू धेरै हुन्छ, खुट्टा तान्नेहरू धेरै हुन्छ,
    जसले यसको पर्वाह गर्दैन उसैले सफलतालाई छुन्छ।

    ✍️ बी.कुलुङ
    दार्जिलिङ भारत

    [२८]
    धर्तीमै उज्यालो दीप बाल्नेछु रिस डाहा गर्ने गर्दै गर,
    आफ्नो कर्म गर्न छोड्दिन शत्रुहरु जल्दै परपर सर ।

    ✍️ बेदु न्यौपाने 💕
    काठमाडौ

    [२९]
    आरिस गर्छौ मलाई देखि गर कति गर्ने,
    मेरा खुट्टा तान्दातान्दै तिमी नै हौँ पछि पर्ने ।

    ✍️ दुर्गा आचार्य
    मोरङ

    [३०]
    द्वन्द्व लडाइँ झगडा गर्नु छैन मलाइ,
    अझैँ आलै छ हेर हिजोको तीब्र दुखाइ ।

    ✍️भगवती दवाडी
    झापा

    [३१]
    सुनेनौ भने कहिले नि अरुको कुरा,
    आँट गरे गर्न सकिन्छ सपना पुरा।

    ✍️ लालीमाया थापा मगर

    [३२]
    लड्दा लड्दा थाकिनै सकियो हामी जनताहरू,
    गद्धार जति सबैलाई कालले लानु नि बरु ।

    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३३]
    धर्ती छाडी आकाशमा उडाइ ल्याऊनु,
    आपसमा साझेदारी मौसम छाऊनु ।

    ✍️ जि कुमार गौतम
    भद्रपुर-१ (पृथिविनगर) झापा

    [३४]
    भाग्यमानी सफल छन् कर्म गरेर,
    अभागी बन्छ अल्छी जिउँदै मरेर ।

    ✍️लक्ष्मण समीर
    बर्दिया हाल: काठमाडौं ।

    [३५]
    कति खुट्टा तान्छौ तान तिमी आफ्नो काम गर्छु,
    आरिसले जल्छौ भने सृजनाले यहाँ भर्छु ।

    ✍️ तारा घिमिरे
    सङ्खुवा सभा

    [३६]
    राम्री लाई मरिमेटी गर्छ हेरिहेरि,
    शङ्का व्यर्थै गर्छ अन्तै आँखा जोर्छ फेरि।

    ✍️ पौडेल विमुन्स 💕
    पोखरा कास्की 💕

    [३७]
    छैन मेरो कहीँ यता सफल चित्र,
    चौतर्फी घेरा गरि पार आफ्नो मित्र ।

    ✍️ संझना कुसुम

    [३८]
    काग कराइरन्छ पिना सुक्दै जान्छ,
    आरिसेले अन्त्यमा आलु मात्रै खान्छ ।

    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [३९]
    सज्जनसँग लागेर भन तिमीलाई के पाउँछ,
    नेतासँग हात मिलाउ बरु पैसो पनि आउँछ।

    ✍️ गणेश तामाङ वाइबा
    ताल्ती,धादिङ नेपाल

    [४०]
    झाँक्रीले रातोभाले नखाए भूत पनि भाग्दैन्,
    नेता निकट नभइ सफलता हात लाग्दैन् ।

    ✍️ रिजाल विनोद
    मोरङ

    [४१]
    सफलता पाउनलाई संघर्ष गर्नु पर्छ,
    रिस डाहा गर्ने मान्छे आफै जलेर नै मर्छ ।

    ✍️ बिबस पारदर्शी
    भद्रपुर – २ झापा ,

    [४२]
    भाइ भाइ बिच हुन्छ जहिले हानाहान,
    स्वार्थका निमित्त सधै नै कुर्सी तानातान ।

    ✍️ अम्बिका कोइराला
    धादिङ

    [४३]
    झगडा कसरी साम्य हुन्छ लौन बँचाऊ,
    विश्व युद्व चल्न सक्छ रुसलाई हँसाऊ ।

    ✍️ भगवती दवाडी

    [४४]
    लड्छ भन्छन् घोडा चढ्ने हुन्छ रे प्रयास गरे,
    लक्ष्य भेट्न सकिदैन् बिचमै अलमल्ल परे।

    ✍️ मनोहरी पौडेल
    गैडाकोट १नवलपुर

    [४५]
    पाैरखीकाे हातमा सुनकाे थैला ,
    ईर्ष्या गर्नेकाे मन त सदा मैला ।

    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    [४६]
    सफलता पाईने हो एक दुई हार मिलेपछि,
    भाग्य अवश्य नै बन्छ ईखले मनमा खिलेपछि ।

    ✍️ पुष्पशायरा
    बिराटनगर ।

    [४७]
    कुरा काट्नेकाे कुरा सुनेर लक्ष्य मेरो माेडिदैन,
    खुट्टा तान्ने धेरै छन् तर संघर्ष गर्न छाेडिदैन ।

    सुमिना तिमल्सिना

    [४८]
    डाडु र पन्यौ आफ्नै हातमा, केको लिन्छौँ पिर,
    आफूमात्र मोज गर हान्दै अरुलाई तिर ।

    वसन्त अनुभव
    घोराही, दाङ
    ✡️✡️✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️✡️✡️

    Leave a Reply