
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- उन्याइसौ ( १९)
——————————————–
“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७८/ ११ / १०
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल रवि पाल्पाली
सविता के.सी.
भाषा शुद्धीकरण सुझाव :-
सुशीला पौडेल
चन्द्रावती अधिकारी
सङ्कलक :-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
======================
आजको अभ्यासमा दिएको अनुप्रास र स्थाई राखेर १४ अक्षरमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।
अनुप्रास र स्थायि
————–
नास भयो, बास भयो, खास भयो , लास भयो
२+२+३+३+२+२ अक्षर संखा १४
———————————-
पञ्चाङ्ग ०१
सोचें जस्तो भएन सदैव नास भयो
डढ्यो घर जिन्दगी सधैंको लास भयो
जस्तो भयो सकिन सहन बाध्य भएँ
बाँच्दै जाऊँ जीवन मलाई खास भयो
के नै हुन्छ दु:खीको दु:खद बास भयो ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग ०२
बाँच्दै जादा जिन्दगी त्यसैमा खास भयो
खुब प्यार भरिदै जूनेली रास भयो
भेल वर्षा होइन जीवन आशै आशा
फूल जस्तै सुन्दर नभमा बास भयो
चैन बोकी विताउ सदैव नाम भयो ।
✍️सरिता काफ्ले कोहलपुर बाँके
पञ्चाङ्ग ०३
२+२+३+३+२+२ अक्षर संख्या १४
लोभी लोभी साउती गर्न मै खास भयो
भित्र भित्र मिलाप गर्न मै बास भयो
तिमी मेरो भनेर पहिले सङ्गै डुल्यो
उ नै सधैं बेचिदै हिडेको दास भयो
भन्छ बुझ्न नसक्ने रहेछ नास भयो ।
✍️प्रेम थापा “मन” बागलुङ
पञ्चाङ्ग : ०४
सुख दु:ख पीरमा खुसीको आस भयो ।
लामो यात्रा लेक र बेसीको बास भयो ।
घात गर्ने आफन्त मानिस कठै बरी ,
के नै भनौँ कसम जिउँदो लास भयो ।
आर्त आँसु मनमा जीवन खास भयो ।
✍️आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ०५
सधैं भरि जिन्दगी अरुकै खास भयो
खुसी प्यार भरिदै मनमा बास भयो
आँधि हुरि तुफान लाई छल्दै जिवन
मुस्कुराउ अब दुख पिडा नास भयो
नभन यो जिन्दगी जिउँदो लास भयो।
✍️चेतना पोखरेल , मोरङ
पञ्चाङ्ग ०६
२+२+३, ३+२+२ =१४ अक्षर
————————————————
टाढा टाढा जङ्गल , बेलुकी बास भयो
डाका आई चोरेछ , सर्वस्व नाश भयो
नहिँडेर नहुने , दुर्गम थियो घर
कहाँ केपो भेटिन्छ, भनेर आस भयो
घर पुग्ने नपुग्ने , निकै नै त्रास भयो ।
————————————————
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग ०७
मानवको जिन्दगी त्यसै नै खास भयो
भबिस्यको लागि सुन्दर नै आस भयो
दुःख पछि सुख आउला भन्ने इच्छामा
आज जिन्दगी सडक को नै बास भयो
जिउने कला नजान्दा आज नास भयो।
✍️सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ०८
याे जिन्दगी कुनै बेला कस्तो खास भयो
कतै मालिक् हुनै पर्ने कतै दास भयाे
जन्मिएर संघर्षमा जुध्नै पर्ने रैछ
यसैले त घुम्दै जाँदा कहाँ बास भयाे
थाहा हुन्न मरेपछि यही लास भयाे
✍️ताेयानाथ सुवेदी,काठमाडौं
पञ्चाङ्ग ०९
एम.सि.सि.बिषय सर्वत्र खास भयो
जताततै हेर् आन्दोलनको बास भयो
जनता त चाहँदैनन् नेता लाद्न खोज्छन्
थुप्रै कुरा दोहोरो झड्पमा नास भयो
जनताको चाहना हेर् ज्यूँदो लास भयो।
अरुण कु.भुजेल
✍️गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग १०
ऐले बिश्वभरि नास भयाे के गर्नु
काेविडे जता पनि बास भयाे के गर्नु ?
श्रमिककाे काम खाेसियाे भाेकै वस्ने भाे
अहिले समय नेतालाई खास भयाे के गर्नु
सत्यानास हुँदै लास भयाे के गर्नु ?
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौ
पञ्चाङ्ग ११
आफू गयो अरु त उस्लाई खास भयो
जिऊँ भने जीवन किन हो नास भयो
काबु छैन हृदय जोखिम भैइ जाने
सोचेँ आफ्नै हुँदैन कसैको आस भयो
आज मेरो जवानी गुफाको बास भयो।
✍️अम्बिका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग १२
गर्न खोज्दा सधैं जिन्दगी नास भयो।
जिन्दगी हिँड्दा हिँड्दै जिउँदो लास भयो।
आफूले सोचे जस्तो जिन्दगी नै नहुँदा,
राम्रोसँग फेर्न नसकेको सास भयो।
कहिले काँही बीच बाटोको बास भयो।
✍️सुशीला पौडेल , काठमाडौं
पञ्चाङ्ग १३
तिम्रो दिलमा पहिलो माया बास भयो,
सुरु सुरुमा खुब चौपट्टै खास भयो ।
सम्बन्धले पूर्णरूप दिन्छ भन्ने थियो,
सोच व्यार्थ रैछ बेकारमा नास भयो,
बचाउछु भन्दा त्यहि माया लास भयो।
✍️दुर्गा आचार्य , मोरङ
पञ्चाङ्ग १४
जिऊँ भने जीवन कस्को नै आस भयो
हेर्छु रात दिनमा उराठ बास भयो
बात मात्र गरेको पाइन्छ जता ततै
काम गर्दै जानाले अरुको दास भयो
बाँचे पनि जिउँदो नसक्ने लास भयो ।
✍️पद्मा रिजाल , कोहलपुर बाँके
पञ्चाङ्ग १५
जताहेर्यो युवाको क्रान्तिको बास भयो
कारक तत्व त्यो एम सिसि खास भयो
ईच्छा छैन नचाहिने मात्रै भयो काम
नेपालीकै अस्मिताको कत्रो नास भयो
निरही जनको सडकमा लास भयो।
✍️दुर्गा भट्टराई , मोरङ
पञ्चाङ्ग १६
जब गयाै छाेडेर जीवन नास भयाे
अझै फर्कि अाउँछाै भनेर अास भायाे
कुर्दै अाखाँ याेछ्याइ बाटोमा राख्दै यहाँ
उता अर्को फेरेर अान्दकाे बास भयाे
मराे आज शरीर जिउँदो लास भयाे।
✍️रामराजा के.सी.
फर्पिङ, काठमाडौं
पञ्चाङ्ग १७
समय यसै सकियो साथी नाश भयो
बेरोजगारी जिन्दगी पनि खास भयो
अव्यवस्थित सरकाले देश खान्छ
चाप्लुसीमा जीवन काटियो दास भयो
घुस्याहाको रहेछ, आम्दानी राश भयो ।
✍️सविता के.सी. काठमाडौं
पञ्चाङ्ग १८
सधैँ आँसु आँसु कहाँ एकनास भयाे?
साथ छैनाै प्यारा पीडाकाे त रास भयाे ।
मातृभूमि छाेड्याै धनै सबैमाथि देखी,
चेत्याै हाेला दुख्दा आखिर काे खास भयाे?
पराईकाे भूमिमा जवानी नाश भयाे ।
✍️चन्द्रावती अधिकारी
पञ्चाङ्ग १९
जिऊँ भने जीवन कसैको आस भयो
हेर्छु रात,दिनमा उराठ बास भयो
कुरा मात्र गरेको पाइन्छ जता ततै
काम गर्दै जानाले अरुको दास भयो
बाँचे पनि जिउँदो नसक्ने लास भयो।
✍️निर्मला सुवेदी,बागलुङ।

