बिस जना स्रष्टाका प्रणय दिवस विषयक सुन्दर पञ्चाङ्गहरू

  • ९ फाल्गुन २०७८, सोमबार २१:४१ मा प्रकाशित
  • पञ्चाङ्ग:    ०१

    गुलाबको फूल लिएर भेट्ने आउँने छु प्रिय।
    सधैं तिम्रै मायाको साथ पछि धाउने छु प्रिय।
    हाम्रो जिन्दगी एक विश्वासमा चल्ने गर्छ सधैं,
    म विश्वासको सधैँभरि साथ पाउने छु प्रिय।
    हामी बीच आइपर्ने बाधा हटाउँने छु प्रिय।

    सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग:  ०२ (सम पञ्चाङ्ग)

    सधैं तिमी मेरो यी आँखाको नानी हौं प्रिया।
    जीवन मसँगै काट्ने जिन्दगानी हौं प्रिया।
    हाँसीखुसी दिन बिताउन तिमी नै मेरो,
    दिनहुँको प्यास मेटाउने पानी हौं प्रिया।
    माया र प्रेमको बास्ना दिने खानी हौ प्रिया।

    तिमी बिनाको जिन्दगी खाली लाग्छ मलाई।
    फूल अक्षता बिनाको थाली लाग्छ मलाई।
    सँगै बिताएका पल  याद गर्दै अहिले,
    एकान्तको बसाई कहाली लाग्छ मलाई।
    तिमी बाहेक अरु त जाली लाग्छ मलाई।

    ह्यारिस ह्यारिसन  ,काठमाडौं

    पञ्चाङ्ग   ०३

    गुलाबको फूल   राखेको हातमा सुकेर गयो
    मैले बोलाएँ माया भनी किन हो लुकेर गयो
    प्रेमिल दिवसमा फूलको साथै प्रस्ताव राखेँ
    आफ्नो भन्दाभन्दै कसरी भुलेर चुकेर गयो
    मायाको अगाडि मायानै दिलैले झुकेर गयो ।

    – सोमनाथ लुइटेल “रवि पञ्चाङ्ग”
    पाल्पा तानसेन

    पन्चाङ्ग   ०४

    प्रेम   दिवसले  मलाई   मात आयाे
    प्रेमिकाले दिएकाे मिठाे भात आयाे ।
    आफ्ना मान्छेले दिएकाे जे पनि मिठाे
    प्रेमिका सँग डेटिङ् मा नै रात आयाे ।
    उत्साहमा खातमा बस्दा प्रात: आयाे
        
       मधुसूदन प्रसाद घिमिरे , काठमाडौं

    पञ्चाङ्ग  ०५

    प्रेमकाे दिवस वर्षमा एक दिन आउँछ रे
    याे दिन माया प्रेम लगाएर छुट्टी पाउँछ रे
    अरू समय सधैँ आपसी द्वन्दका गीतहरू
    गुञ्जाउदै निरन्तरले त्यही गीत गाउँछ रे
    प्रेमीकाे सम्पति खाेज्न प्रेमिका अड्डा धाउँछ रे

    ताेयानाथ सुवेदी , काठमाडौं

    पञ्चाङ    ०६

    के प्रणय दिवस चोखो माया सधैं पबित्र छ
    कस्ले दोष दाग लाउन नसक्ने चरीत्र छ
    कमि हुने छैन विश्वासमा आपसमा हाम्रो
    बढिरहन्छ अझै जिम्मेवारी मन भित्र छ
    दिलमा बस्ने मान्छेको अनुहारको चित्र छ ।

    तारा घिमिरे संखुवासभा

    पञ्चाङ्ग  ०७

    प्रेम गर्नेलाई सधै प्रेम दिवसको शुभकामना ,
    जुगौँ जुग पाउने हो प्रेम दिवसको शुभकामना ।
    प्रेमलाई अरू समय आपसी द्वन्द नगरौ सधैँ ,
    सफल बन्दै जाउन प्रेम दिवसको शुभकामना ,
    अम्बर बन्न सकोस प्रेम दिवसको शुभकामना ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग   ०८

    सक्छौ भने सच्चा प्रेमी बनेर आऊ
    सुध्रने वाचा कसम गरेर आऊ
    प्रणय दिवस मै किन माया प्रीति?
    सधैँ प्रेममय कुरा सोचेर आऊ
    रिस-राग-द्वेष उतै फालेर आऊ।

          अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   ०९

    सदैव  प्रेम गर्नेलाई  प्रणय दिवसको  शुभकामना
    राम्रो बिचार भर्नेलाई प्रणय दिवसको शुभकामना
    प्रेमलाई बर्ष दिनमा एकपटक मात्र सम्झने हैन
    सधै नै कर्म गर्नेलाई प्रणय दिवसको शुभकामना
    आनी बानी सुधार्नेर्लाई प्रणय दिवसको शुभकामना ।

    दुर्गा भट्टराई 
    मोरङ

    पञ्चाङ्ग   १०

    प्रेम दिवस एउटा मिलनको क्षण साथमा थियो
    कल्पनामा डुवेर पत्र लेखी दिएको हातमा थियो
    सबै भुलेर सपनाको घर बनाउदा बनाउदै
    अचानक आधि आयो चकनाचुर नै जातमा थियो
    सम्झिँदा जिउने आधार सियोले नसा रातमा थियो ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    पञ्चाङ्ग   १२

    नबनोस् प्रेम सङ्कुचित दिवस मनाएर कतै
    प्रेम जीवन हो नसोच्नु उपहास बनाएर कतै
    कहिलेकाहीँ चाहिने सुपथ माल होइन हजुर
    बज्रपात नहोस् जिवनमा प्रेम जनाएर कतै
    रित्तिन नपरोस् हजुर एकैचोटि खनाएर कतै।

      निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग   १३

    जीवनको शान्ति ल्याउनुछ सदैव लाली बनेर
    घरको शोभा रुपी, फूल फुलाउने डाली बनेर
    हाम्रो प्रेम_दिवश त सधै थियो,छ अनि हुनेछ
    चलन जहाँको भएनी रहन्छौ नेपाली बनेर
    सजाई देउ तिमी नै सबैकी आमा माली बनेर ।

    प्रेम थापा “मन” बागलुङ

    पञ्चाङ्ग   १४

    रातो गुलाफमा छैन मिलन, हरियो सागमा छ जीवन
    जोवन भारी गैँडाको जोगाउन सके खागमा छ जीवन
    आफ्नो संस्कार भुलेर परदेशी सिको नगर्नु नगर्नु है
    समय परिवर्तन समाचार उही, कागमा छ जीवन
    देखेको पाइन्न लेखेको पाइन्छ, आफ्नै भागमा छ जीवन ।

    सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग   १५

    प्रेम दिवसकै मात्र कुरा सुन्छु नि जता तता हजुर
      पछि  परे कि भनेर मन चस्किन्छ कता कता हजुर
    कुन देशबाट आएको हो नि यस्तो  नक्कल बिदेशिको
    खै कता खोजौ प्रेमि पनि छैनन् कतै अत्ता पत्ता हजुर
    प्रेम गर्न प्रेम दिवश नै चाहिन्न  भन्छु मत हजुर।

    चेतना पोखरेल
    मोरङ

    पञ्चाङ्ग    १६


    कैले गुलाफ दिएर गुलाफी जीवन बनाउँछौ तिमी
    प्रणय दिवस भन्दै प्रेमले यो मन् सजाउछौ तिमी
    तिम्रो कुन रूपलाई विश्वास गरूँ दोधार पार्यौ आज
    सुन्दैछु आजभोलि अर्कैको जीवनमा रमाउँछौ तिमी
    दुई दिन सगैँ हिड्दैमा अघाएको जनाउँछौ तिमी

    भो अब नआऊ प्रेमील मनहरु गुलाफ लिएर समीपमा
    रंगीन नदेखाउ सपना एक दिन माया दिएर समीपमा
    मलाई त जूनी जूनी बेहिसाबी निराकार मायामा सजिनुछ
    आफैलाई प्रेम गर्दैछु आज दिएको आँसु पिएर समीपमा
    देखाउनुछ धेरै केही गरेर तिम्रै अघि जिएर समीपमा

    पद्मा रिजाल –  बाँके

    पन्चाङ्ग    १७

        विदेशीकाे नक्कल भ्यालेन्टाइन डे
    प्रेम प्रेमि सक्कल भ्यालेन्टाइन डे
    प्रेम दुई आत्माकाे सुमधुर मिलन्
    केटा भेट्ने अक्कल भ्यालेन्टाइन डे
    झिलिमिलि झक्कल भ्यालेन्टाइन डे

    मधुसूदन प्रसाद घिमिरे, काठमाडौं
          
    पञ्चाङ्ग   १८

    वर्षदिनकाे एकफेर  प्रेमदिवस आयाे भन्छन्
    अघिपछि दुश्मनी छ त्याे दिन माया लायाे भन्छन् ।
    आवेगमा लाकाे माया दीगाे हुन्न बुझिराख,
    नबुझेर लाएपछि जिन्दगानी खायाे भन्छन्,
    आधुनिक हुँदै गर्दा धाेकामात्र  पायाे भन्छन्।

    जताततै माया माया मिलाेस  शुभकामना छ
    आँफूसँगै प्यारकाे छायाँ मिलाेस् शुभकामना छ ।
    नपराेस्  छुट्टिन   कसैलाई  प्यार   गर्नेहरुबाट ,
    राधाकृष्ण  सधैँ दायाँ मिलाेस् शुभकामना छ।
    पैलाे माया अनि काया  मिलाेस् शुभकामना छ ।

    चन्द्रावती अधिकारी  कोहलपुर वाँके

    पञ्चाङ्ग   १९

    ——————————————————–
    पत्थर पनि पग्लिन्छ ~  कसम खाएको मायामा
    मायाँको लागि माया गर्दा धोका पाएको मायामा
    प्रणय दिवशमा मात्र होइन ~~~~  सधैँभरि नै
    हुदैन छेकथुन मनबाटै ~~~~ लाएको मायामा
    जिन्दगी भरिलाई ~~लेखिएरै आएको मायामा ।
    ———————————————————
    गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग २०

    सधैँमाया गर्नेलाइ जलाउँछ प्रेम दिवस।
    राम्रो चाहियो सम्वन्ध जनाउछ प्रेमदिवस।
    चाहँदैन प्रेमदिवस सधैं माया गर्ने लाइ
    कहिल्यै माया नगर्ने मनाउछ प्रेम दिवस।
    मन मुटाव हुनेमा कमाउछ प्रेम दिवस।

    लक्ष्मी बस्याल बर्दिया

    Leave a Reply