दुर्गा आचार्यका पाँच पञ्चाङ्गहरू

  • २८ माघ २०७८, शुक्रबार २३:४७ मा प्रकाशित
  • ” पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “

    १.
    शीर्षक -त्याग
    अक्षर- १९

    सजाउ तिम्रो फूलबारी तिम्रो बाधा बनेर जान्न म,
    यादैछैन जबरजस्ती सम्झि राख भनेर जान्न म ।
    आयो याद भने कहिले काहीं त्यो फोटोमा छुने गर्छु,
    माया रोपिएको बारिमा चिठ्ठि पत्र गनेर जान्न म,
    रोजी तिमीले हिडेको बाटो भत्काई खनेर जान्न म।


    २.
    शीर्षक -संस्कार
    अक्षर-१७
    संस्कार र संस्कृतिमा देसको पहिचान हुनु पर्छ,
    ढाका टोपी गुन्यूचोली भेषको पहिचान हुनु पर्छ।
    संरक्षण गरौन यो देश र भेषको हामीले सधै,
    गल्ती नै नभै लाएको केसको पहिचान हुनु पर्छ,
    सभ्यता , संस्कार लेसको पहिचान हुनु पर्छ।


    ३.
    शीर्षक – सम्बन्ध
    अक्षर -१६
    तिमी मेरो प्राण हौँ म तिम्री मनकी रानी हुँ,
    पूरा सम्झ या आधा तिमी भन्दा धेरै सानी हुँ।
    हामी बिच भको सम्बन्ध यति कम्जोर छर?
    मनमा पोल्दा सितल पार्ने प्यालाकी पानी हुँ,
    अध्याराको साहारा बन्नेछु अाखाको नानी हुँ।


    ४.
    पञ्चाङ्ग-९०
    अक्षर-१७
    शीर्षक – माया
    सोच्ने गर्थ्येँ साथमा बस्ने ,हास्ने रमाउने हामी ,
    पिरतीका लहर गास्दै हात समाउने हामी ।
    आज जिते जस्तो बिश्वलाग्छ तिम्रो साथ पाउँदा,
    मायाका सप्तरङ्गी माला गास्तैँ जमाउने हामी ,
    हास्ता हास्तैँ मोती सम्झिदै खुसि कमाउने हामी।


    ५.
    शिर्षक -त्याग
    पञ्चाङ्ग-४३//अक्षर-१८//

    म हारी दिन्छु आखिर जित तिमीलाई मिल्छ भने,
    मैले हारी दिदा पक्कै हित तिमीलाई मिल्छ भने!
    म रोही रहदा तिमी सधै भरि खुसिरहनु है,
    बगायका आशु मानै प्रीत तिमीलाई मिल्छ भने,
    निमोठ मायाको पाउला जीत तिमीलाई मिल्छ भने!

    दुर्गा आचार्य खोटाङ्गेली

    हाल :- मोरङ

    Leave a Reply