
समर्पण रम्जान
१३ जनवरी २०२२, अल कासिम साउदी अरब ! बिगत् ३ वर्ष पहिले साउदी अरबको अल कासिम स्थित बन्दर अल जैदी कम्पनीमा आएर अहिलेसम्म नेपाल फर्कन नसकेका २ जना नेपालीहरु एनआरएनए अल कासिमका संरक्षक तथा अल कासिमका लागि दूतावास प्रतिनिधि बिशाल श्रेष्ठको जमानीमा नेपाल नेपाल फर्किन सफल भएका छन् ।
नेपाल घर महोत्तरी जिल्ला बिजलपुरा निवासी राम बहादुर महतो र राजवीर महतोले सोही कम्पनीमा ३ माहिना सम्म काम गर्दा पनि तलब नपाए पछि साउदी रियादमा भागेर काम गरिरहेका थिए ।
कम्पनीबाट भागेकोले कम्पनीले उहाँहरु दुबैलाई हुरुफ(भगौडा)मा राखेको र २ बर्षदेखि अकामा नविकरण नहुदाँ चाहेको अबस्थामा नेपाल फर्किन नसकेका र इक्जिट भिसाका लागि रियाद दुताबासबाट ट्राभल डकुमेन्ट (पासपोर्ट)र अन्य पेपर लिएर ४ जनवरी २०२२ का दिन अल कासिम आएका श्रेष्ठले जानकारी गराए ।
सोही दिन पीडितहरु ( Deportation Centre) अध्यागमन बिभाग गए पनि त्यहाँका अफिसर हरुले नेपाल जादाँ टिकट र जमानी बस्ने मान्छे लिएर आउनु भने अनुसार १३ जनवरीको नेपाल फर्कने टिकट लिएर गए पछि दुबैजनाको लागी श्रेष्ठले आफै जमानीको रूपमा बसी आफ्नो इकामा जम्मा गरि सहिछाप लगाए पछि उहाँहरु दुबैजनाको सोही दिन एक्सिट भिसा लागेर आजै १३ जनवरि पीडितहरु नेपाल पुगेका छन् !
उहाँहरु रियादबाट अलिकासिम आएसँगै बस्ने ठाउँ तथा खानेको समेत समस्या भएपछि एनआरएनए आरसिसिको अनुरोधमा एनआरएनए साउदी अरबले उहाँहरु लगायत अझै अरु बाकिँ २ जनाको लागि बस्ने र खाने सहयोग गरेको छ।

४ जना मध्ये २ जना नेपाल पुगिसकेका र बाकिँ २ जना को पनि बहिर्गमन भिसा लागिसकेको साथै उहाँहरुपनी यसै हप्ता नेपाल पुग्ने कुरा बिशाल श्रेष्ठले जानकारी गराउदैँ यस कार्यमा सहयोग गर्नुहुने दूतावास रियाद, एनआरएनए अध्यक्ष डम्बर यादव र एनआरएनए अल कासिम टिमलाइ तथा मोहम्मद उमामा अन्सारीलाइ अभार प्रकट गरेका छन् ।

