उदक यात्री लक्ष्मीप्रसाद फुयालका शिक्षक विषयक उत्कृष्ट उदकहरू

  • २० पुष २०७८, मंगलवार २१:१८ मा प्रकाशित

  • शिक्षक
    सदा सर्वदा
    ब्रह्मा विष्णु महेश्वर!

    शिक्षक
    ज्ञानको सागर
    समान चल्ने ज्वारभाटा!

    शिक्षक
    दियोको बाती
    किरण झलमल बलेर!

    शिक्षक
    शिष्य सार्थक
    मान सम्मान बढाउने!

    शिक्षक
    अभाव झेलेर
    शिष्यका खुशीमा रमाउने!

    शिक्षक
    सरकारी काम
    कहिले जाला घाम ?

    शिक्षक
    यत्रतत्र सर्वत्र
    दुर्गन्धित राजनीतिक रङ्ग!

    शिक्षक
    लुतो कन्याइ
    अस्त व्यस्त मस्त!

    शिक्षक
    सेवा निवृत्तमा
    भित्ते पात्रहरू फेरिने!
    १०
    शिक्षक
    निरिह आँखा
    नेताको ढोका चहार्दै!

    लक्ष्मीप्रसाद फुयाल
    मोरङ, पथरी, शनिश्चरे

    Leave a Reply