टुक्काकार गुणनिधि घिमिरेका “स्वदेश” विषयक उत्कृष्ट टुक्काहरू

  • १० पुष २०७८, शनिबार ११:३३ मा प्रकाशित

  • *********************

    संसारमा एक सानो छ देश नेपाल नामले,
    बिहानै सेतो सुन्दर हिमाल टल्किने घामले ।

    बिहानै लाली उषाको किरण पँहेलै पाखामा,
    कोइली गर्छ कुहु मा कुहु रमाईलो भाखामा ।

    पाखा र पर्वत खोला र नाला पहाड तराई,
    नेपाल हाम्रो नेपाली हामी कोही छैन पराई ।

    लेक र बेँशी डाँफे र मुनाल न्याउली बासेको,
    उत्तरमा हेर सुन्दर सेतो हिमाल हाँसेको ।

    नेपाली वीर विश्वका कुना कुनामा पुगेर,
    देशको शान नबढी मान फर्कन्न झुकेर ।

    गाउँ घरका गरिब दुखी माग्दैछन् गुहार,
    सुनेर दैव शान्त्वना देउ आमाको पुकार ।

    जस्ताको तस्तै मिलाई राख्नु देशको आकार,
    राष्ट्रका सबै जनताहरु हुनेछन् आभार ।

    रोजगारी छैन् स्वदेशमा हाम्रो केही छैन् आधार,
    अर्काको देशमा गएर युवा बटुल्छन् आहार ।

    सोझो र सिधा काम गर्नु नत्र पोल्ने छ पापले,
    भोका र नाङ्गा दुःखी र गरिबको अभिशापले ।
    १०
    बिदेशको दाउमा नपार देश होला है धराप,
    दुखेर देश सन्तान शाखाले नगरुन सराप ।
    ११
    सतिको श्राप परेको छ रे त्यस्लाई पञ्छाऔं,
    असल कर्म गरेर अब त्यो श्राप मञ्छाऔं ।
    १२
    सत्कर्म गरौँ हटाउँ अब सतिको सराप,
    सबैले मिली यो देश अब नपारौँ धराप ।
    ———-+——-
    गुणनिधि घिमिरे #पाँचथर

    2 thoughts on “टुक्काकार गुणनिधि घिमिरेका “स्वदेश” विषयक उत्कृष्ट टुक्काहरू

    1. धेरै धेरै धन्यवाद आभारी रहेँ मेरो सानो प्रयास लाई प्रकाशित गरिदिनु भएको मा

    Leave a Reply