
१
भेटमा
रुमाल चिनो
रत्नपार्क शहिद गेटमा
२
माया
फूलको गुच्छा
जुनी भरी छायाँ
३
बन्धन
अंग अंगमा
पहिलो भेटको कम्पन
४
परिवेश
आनन्दको अनुभूति
समस्या उपाय समावेश
५
बन्धन
समुचित चलन
ब्यवहार सुन्दर कन्चन
६
नियति
जन्म मृत्यु
सुख दुःख जिन्दगी
७
संसार
गहन अर्थ
असार अपार अपरम्पार
८
सृष्टि
उदय विलय
आवश्यक दिव्य दृष्टि
९
मायाले
सम्झना हरपल
झझल्को र छायाँले
१०
स्मरण
गहिरो छाप
मुटु भित्र जलन~~~~
गुणनिधि घिमिरे #पाँचथर


हिमालयन दृष्टि परिवार तथा बसन्त अनुभव ज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु ।। मेरो सानो प्रयासमा हौसला थपि दिनु भएकोमा धेरै धेरै धन्यवाद।