
साउदी अरब सरकारले कोविड-१९ प्रोटोकल अन्तर्गत नयाँ नियम जारी गर्दै फरवरी १ गते देखि कोभिड-१९ को लागि बुस्टर डोज नलगाएका आगन्तुकहरुलाई साउदी प्रवेशमा रोक लगाउने भएको छ।
साउदी अरबको आन्तरिक मन्त्रालयले एउटा सूचना जारी गर्दै १८ वर्षभन्दा माथिका र कोभिड१९ को दोस्रो डोज लगाय पश्चात ८ महिना काटिसकेका आगन्तुकहरुलाई बुस्टर डोज नलगाई साउदी प्रवेशमा कडाइ गरिने बताएको छ।


