एमसीसी अनुमोदनका लागि प्रचण्ड र ओलीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह ।

  • ४ मंसिर २०७८, शनिबार ०२:२७ मा प्रकाशित
  • नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।भेटमा विदेशमन्त्री लूले एमसीसी तथा अन्य सहयोगका विषयमा कुराकानी गरेका छन् । लूसँगको भेटपछि अध्यक्ष प्रचण्डले छलफलबाट आफू सन्तुष्ट भएको बताएका छन् । भेटमा लूले नेपालको शिक्षा स्वास्थ्य र स्वच्छ उर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताएका थिए ।भेटमा अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको जानकारी दिए । उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताए । लूसँग नेपालको समग्र विकास प्रक्रिया नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्ने बारेमा कुराकानी भएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।प्रचण्डले भने,‘नेपालको शान्ति प्रक्रियाकाबारेमा कुरा भयो । एमसीसीकाबारेमा कुरा भयो । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा विल्कुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा इन्फास्ट्रक्चरको लागि आवश्यक छ, तपाईहरु पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही कन्फ्यूजनहरु छन्, पहिला ओर्जिनल डकुमेण्ट जस्तो थियो, अहिले छैन, त्यसले कन्फ्युजन छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौं, हामी डिसेम्बर १४ अघि एउटा टुंगोमा पुग्छौँ ।’त्यस्तै सहायक विदेशमन्त्री लूले एमाले अध्यक्ष ओलीसँग पनि भेट गरेका छन् । भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएका नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए । भट्टराईले सहायक विदेशमन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताए । मन्त्री लूले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिति नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताएका थिए ।बुधबार नेपाल आएका लूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा पनि उनले एमसीसी छिटो अनुमोदन गर्न आग्रह गरेका थिए ।

    Leave a Reply