
प्रवासी नेपाली समन्वय समिति पि.एन.सी.सीले यहि आउँदो आइतवार ३१ अक्टुबर २०२१ का दिन जूम मीटिंग मार्फत श्रम स्वीकृति के हो? र श्रम स्वीकृति किन ? भन्ने श्रम स्वीकृति सम्बन्धी जानकारीमुलक कार्यक्रम गर्ने भएको छ।
कार्यक्रममा श्रम कार्यालयबाट श्री नरेन्द्र न्यौपाने र वैदेशिक रोजगार विभागबाट श्री विकास श्रेष्ठले श्रम स्वीकृति के हो? र श्रम स्वीकृति किन? भन्नेबारे प्रवासमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रममार्फत प्रष्ट्याउने प्रवासी नेपाली समन्वय समिति काठमाडौँ स्थित कार्यालय संयोजक भारत नेपालले जानकारी गराउनु भयो।
उहाँका अनुसार यो कार्यक्रममा सम्बन्धित देशमा रही विभिन्न संघसंस्थामा आबद्ध हुँदै नेपाली श्रमिकहरूको हकहितको लागि आवाज उठाउँदै आउनुभएका संघसंस्थाका प्रतिनिधीहरु लगायत साउदी अरब मलेसिया, करतार, र संयुक्त अरब इमिरेट्समा प्रवासी नेपाली समन्वय समितिका त्यहाँस्थित संयोजक हरूको पनि उपस्थिति रहनेछ भने विभिन्न देशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरुले फेशबुक लाइभ मार्फत् कार्यक्रममा उठेका प्रश्न लगायत सरोकारवालाहरु बाट उपलब्ध गराइएका श्रम स्वीकृति सम्बन्धी जानकारीहरूको बारेमा प्रत्यक्ष प्रसारण मार्फत हेर्न सकिने छ।
यो कार्यक्रम नेपाली समयानुसार ४:०० बजे बेलुका र मलेसियाको ६:१५ बजे हुनेछ भने सऊदी अरब कतार र संयुक्त अरब इमिरेट्समा दिउँसो १:१५ मा हेर्न सकिन्छ।

