विश्व कुस्ती च्याम्पियनशिपका लागि भागवत साहसहित पर्साबाट ३ खेलाडी छनौट

  • १४ भाद्र २०७८, सोमबार १४:५५ मा प्रकाशित

  • उमेश कुशवाहा,पर्सा
    / विश्व कुस्ती च्याम्पियनशिपका लागि नेपालबाट ४ जना खेलाडीहरु छानिएका छन।

    पर्सेली बासीको लागि खुशीको कुरा पनि रहेको छ, ती चार जना सहभागी नेपालभरीका खेलाड़ी मध्य तीन जना कुस्ती खेलाडी पर्सा जिल्लाका रहेकाछन् ।

    नेपाल प्रहरीका भगवत साह,राज यादव, सुनील साह पर्साका खेलाड़ी रहेकाछन भने अर्को नेपाल आर्मिका सुरेश कुमार चुनारा रहेका छन।

    नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समुहमा प्रतिष्पर्धा गर्ने छन् । उनी पनि पर्सा जिल्लाकै स्थानीय बासिन्दा हुन । ११५ किलो तौल समुहमा पर्सा जिल्लकै राज यादव ,९७ किलो तौल समुहमा पर्साकै सुनिल कुमार साह छनौट भएकाछन् ।

    नेपाल आर्मीका सुरेश कुमार चुनारा ७४ किलो तौल समुहमा छनौट भएकाछन् । अक्टोवर २ देखी १० सम्म प्रतियोगिता नर्वेमा हुने छ । नेपाल कुस्ती सघले विश्व च्याम्पियनशिपका लागि शनिबार काठमाण्डौमा खेलाडी छनौट गरेको थियो ।

    नेपाल प्रहरीका भागवत साह पहिला पनि इंडोनेशियामा भएको खेलमा सहभागी भएका थिए।

    Leave a Reply