विश्व युवा दक्षता दिवस विषयक १० टुक्काकारहरूका उत्कृष्ट टुक्काहरू

  • १ श्रावण २०७८, शुक्रबार २१:०३ मा प्रकाशित
  • टुक्काकारहरु

    १//

    देश आक्रान्त छ दु:खले युवा अगाडी बढ,
    गर्नु छ विकास यहॅा सबै राम्रोसॅग पढ ।


    कमजोर नठान युवा आफूलाई कहिल्यै,
    तिमीले चाहे जे पनि त सम्भव छ अहिल्यै ।


    पाखुरा चलाऊ युवा त्यसमा छ असाध्यै दम,
    तिमी नै खम्बा देशका नठान आफूलाई कम ।


    कलम चलाऊ अनि देशको कथा लेख,
    युवा तिमी सच्चा सपूत सही कुरा देख ।

    ✍️
    – राजेशराज गड्तौला
    रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    २//

    उठ्नुपर्छ,जुट्नुपर्छ देश बनाउन युवा,
    सबै मिले के बन्दैनर बन्छ अमृत कुवा।


    कुलतको पथ छाडेर अगाडी बढ्यौं भने,
    होष्टेमा हैंसे गर्न आउँछन् रामे श्यामे धने।


    गरे काम असम्भव छैन है कतै यहाँ,
    बुद्धि बिवेक निस्पक्ष प्रयोग हुन्छ जहाँ।


    लाग्नुपर्छ स्वरोजगारी पाउनको लागी,
    आफ्नै देशमा गरौँ केहि नजाउँ बिदेश भागी।

    ✍️
    – पुर्ण बहादुर श्रेष्ठ” हृदयङकृत”
    पनौती-३,काभ्रे

    ३//         

    क्षमताकाे पहिचान गर्न भनी उठ,
    उर्जावान यूवा तिमी अाउ अब जुट ।


    समयकाे सदुपयोग गर्न तिर लाग,
    गन्तव्यमा पुग्नै पर्नेछ समयकाे माग ।


    बिकासकाे निम्ति दक्ष हुनैपर्छ जान,
    मुलुककाे हित अाफ्नै निजी कर्म मान।


    यूवाले काँध थापेमा मूलुक उठ्नेछ जुरुक्क,
    तम्सेर यूवा अगाडि सर अाउ चाडै खुरुक्क।

    ✍️
    रामकृष्ण दुवाडी, पाेखरा ।

    ४//

    .युवा तिमी अाकाशका सूर्य जस्तै चम्क,
    देशकाे विकास गर्नलाई अघि लम्क ।


    युवाले नै याे देशकाे मुहार सधैं फेर्नुपर्छ,
    जाेश,जाँगर ,उत्साहले सबैलाई हेर्नुपर्छ ।


    युवाले नै बाल वृद्धा सबैलाई हँसाउनुपर्छ,
    तिमीले याे देशका सम्पुर्णलाई बँचाउनुपर्छ ।


    .देशकाे मुहार फेर्नलाई बन्नु तिमी देउतै,
    हिमाल पहाड सम्याऊ देश बनाउ एउटै ।

    ✍️
    लक्ष्मी घिमिरे दहाल, दमक – ७ झापा

    ५//

    युवाहरु कति  धेरै बेरोजगार  भए ,
    धन कमाउन भनेर खाडीतिर गए l


    घरपरिवार हेर्नुपर्ने जिम्मेवारी काधँमा बोकेर ,
    प्रदेशीए युवाहरु दु :ख सम्झि जन्म घर  नै छोडेर l


    रहर त कसैको हुँदैन खाडीमा जाने ,
    देश सुरक्षा गर्नका लागि युवा नै छाने l


    घरको अवस्था बुझेर जान्छन्  विदेश तिर युवा कति ,
    पीडाहरु सहेर हिम्मतका साथ संघर्ष गर्छन् अति l

    ✍️
    रिता खराल , रुपन्देही

    ६//

    युवा जति  भयौं परदेशी,
    सुनसान लाग्छ गाउँबेसी।


    फेर्न पाएनौ देशको मुहार,
    नेताहरू भए देशमा भार।


    छैन अब स्वदेश फर्किने आस,
    परदेशमै  हुँने  भो  हाम्रो वास।


    कसले देला युवालाई रोजगार,
    नेताहरूले गर्छन यहाँ अत्चार।

    ✍️
    जगत थापा, बझाङ्ग

    ७//

    युवा पुस्ता जति सधैंका ति परदेशी,
    सुनसान लाग्छ दिनहुँ याे गाउँबेसी।


    भन्छन् पाउँछौं राेजगार,
    यहाँ भएको छ भष्टचार।


    छैन अब हाम्रो देशको कुनै अास,
    सधैं हुने भयाे विदेशमै हाे बास।


    हाम्रो युवा भएर दक्ष,
    लिनु हुदैन अर्को पक्ष।

    ✍️
    शाेभा अर्याल,
    बुटवल १४ रुपन्देही

    ८//

    नपत्याउने खोलाले बगाउछ,
    घुसघुसेले जीवनै सिध्याउछ।


    हास्ने मान्छे व्यर्थै हाँस्नु सम्म हाँस्यो,
    बटुवाले पसिनाको धारा गाँस्यो।


    बाआमाको दुखाइ बुझेकी,
    मेलापात गर्दै म हुर्केकि।


    सुत भन्छ यो पानीको तरररले,
    बिहान सबेर उठ भन्छ घरले।

    ✍️
    साधना पौडेल,अाेखलढुंगा

    ९//

    देशमा नेता भ्रष्टाचार गर्ने  कार्यमा सुधार,
    कार्यालयमा खुलेआम नै माग्ने गर्छन् हजार।


    तिमी बिहान योगले भएछौ नि बलवान्,
    अनि कर्तव्यमा लाग्नु है भएर गुणवान् ।


    पहल हुन्न खै गरिबी निम्टिने,
    रगत तात्दछ भुलुक्क उम्लिने ।


    असल काममा सबको होस् विकास,
    कलुष भावले  हुने गर्छ   विनाश  ।

    ✍️
    भगवती दवाडी, झापा

    १०//

    युवा नै हो देश बिकासको मूल धार,
    उठौँ,जुटौँ अनि लडौँ खान हुन्न हार।


    सबै युवाहरु सशक्त भएर दक्ष,
    खोजौँ यो देशलाई सबल हुने पक्ष ।


    नहोला झुटो यो वास्तविक हुन्छ साँचो,
    अब नेतृत्वमा छ युवा पुस्ताको खाँचो।


    दक्ष युवा यो देशको धरोहर,
    बेरोजगारी भको छ उजागर।

    ✍️
    महेश तामाङ
    -बेल्कोटगढी-६,नुवाकोट

    One thought on “विश्व युवा दक्षता दिवस विषयक १० टुक्काकारहरूका उत्कृष्ट टुक्काहरू

    1. सम्पूर्ण टुक्काकार ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना। हिमालयन दृष्टि अनलाइन पत्रिका प्रति कृतज्ञता प्रकट गर्दछु 🎂❤️💙

    Leave a Reply