
समर्पण रम्जान
२३ मे २०२१ ! गोर्खा समाज जापान र ग्लोबल गोर्खा समाजले “नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं” “आफू बचौं र अरुलाइ पनि बचाउँ” मुल अभिप्राय बोकेर संकलित रकमबाट पठाइएको ८ लाख बराबरको स्वास्थ्य सामाग्री गत सनिश्चवार ११ वटा स्थानीय तहलाई सदरमुकामबाट हस्तान्तरण गरेको छ ।
नेपालमा दिनानुदिन बड्दै गइरहेको कोरोना संक्रमितका कारण गोर्खामा पनि यसको असर दिनानुदिन बड्दै जाने क्रममा कर्मभुमी बिदेशमा रहेका गोर्खालीहरुले आफ्नो जिल्लामा संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि यो पहिलो चरणको स्वास्थ्य सामग्री पठाएका हुन् ।
गोर्खाको ११ स्थानीय तहमा वितरण गरिएका स्वास्थ सामाग्रीहरु संक्रमितको संख्याको हिसाबले कुनै तहमा बढी त कुनैमा कम राखी वितरण गरिएको छ । स्वास्थ्य सामाग्रीमा अक्सिमिटर,अन्टिजिन किट र माक्स वितरण गरिएका छन् ।
भिमसेन थापा गाउँपालिकामा ३० पिस अक्सिमिटर, ६० पिस एन्टिजेन कीट,५००० पिस माक्स, गोरखा नगरपालिकामा ३० पिस अक्सिमिटर, ७० पिस एन्टिजेन कीट,८००० पिस माक्स, गण्डकी गाउँपालिकामा ३० पिस अक्सिमिटर, ७० पिस एन्टिजेन कीट,८००० पिस माक्स, सहिदलखन गाउँपालिकामा २५ पिस अक्सिमिटर, ५० पिस एन्टिजेन कीट,५००० पिस माक्स, सिरानचोक गाउँपालिकामा २० पिस अक्सिमिटर, ५० पिस एन्टिजेन कीट,५००० पिस माक्स, बारपाक सुलिकोट गाउँपालिकामा २० पिस अक्सिमिटर, ४२ पिस एन्टिजेन कीट,५००० पिस माक्स, आरुघाट गाउँपालिकामा २० पिस अक्सिमिटर, ४० पिस एन्टिजेन कीट,५००० पिस माक्स, धार्छे गाउँपालिकामा २० पिस अक्सिमिटर,४००० पिस माक्स, अजिरकोट गाउँपालिकामा २० पिस अक्सिमिटर, ४००० पिस माक्स, पालुङटार नगरपालिकामा ३० पिस अक्सिमिटर, ६० पिस एन्टिजेन कीट,८००० पिस माक्स, र चुमनुर्बी गाउँपालिकामा १५ पिस अक्सिमिटर, ३००० पिस माक्स, गरि जम्मा २३२ पिस अक्सिमिटर, ४५० पिस एन्टिजेन कीट,६०,००० पिस माक्स वितरण गरिएको कुरा ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताएका छन् ।

गोर्खा सदरमुकाममा वितरण गर्ने क्रममा कोभिड १९ को बढ्दो संक्रमण र स्रोत साधनहरुको अभाव भईरहेका बेला विदेशबाट गोर्खालीहरुले आफ्नो जिल्लालाई मायाँ गर्दै पठाएको सहयोग निकै उपयोगी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
यसैगरी दोस्रो तथा तेस्रो चरणको लागी आवाश्यक थप सहयोग बिभिन्न देशमा रहेका गोर्खालीसँगको सहयोगमा संकलन गरिरहेको ग्लोबल गोरखा समाजका अध्यक्ष अधिकारीले जनाएका छन्।


