राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन !

  • ९ जेष्ठ २०७८, आईतवार २१:०६ मा प्रकाशित
  • /कलैया
    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। नेकपा माओवादी केन्द्र भातृ संगठन वाइसीएल नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।
    आइतबार कलैया उपमहानगर पालिकाको वार्ड:-१ को तिनकुने चौकमा नेकपा माओवादी केन्द्र भात्री संगठन कलैया उपमहानगर पालिका वाइसीएल नेपाल राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो । प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको माओवादी केन्द्रका कलैया उपमहानगर पालिका नगर वाइसियल उपाध्यक्ष रमोद यादवले बताए । उनले तत्काल प्रतिगामी कदम सच्याउनका लागि माग समेत गरेका थिए।उक्त कार्यक्रममा बारा क्षेत्र :-३ का इन्चार्ज अबुलेस अंसारी,कलैया उपमहानगर पालिकाका इन्चार्ज रोशन रौनियार ,कलैया पालिका अध्यक्ष समिबाबु अख्तर,रामा शंकर गुप्ता,सुशील साह अलोक तिवारी ,मनदिप यादव लगाएतका उपस्थिति रहयो।

    Leave a Reply