तोलामा ९०० ले घट्यो सुनको मूल्य

  • २१ फाल्गुन २०७७, शुक्रबार १२:३४ मा प्रकाशित

  • पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ। लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ।

    स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो।

    यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    Leave a Reply