ओलीले पद र प्रचण्ड-माधवले स्वार्थ त्यागे पार्टी एकता हुन सक्छ : योगेश भट्टराई

  • २१ फाल्गुन २०७७, शुक्रबार १३:४९ मा प्रकाशित

  • फुङ्लिङ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका नेता योगेश कुमार भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जीवितै रहेको बताउनुभएको छ ।

    प्रेश संगठन नेपाल ताप्लेजुङद्धारा शुक्रबार फुङलिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेकपा विभाजन र एकताको लडाईमा रहे पनि पार्टीको एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पद र प्रचण्ड–नेपालले सत्ता प्रतिको लोभ त्यागे एकताको सम्भावना बलियो भएर जाने बताउनुभयो ।

    एकताका लागि पहिलो चरणमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पद त्याग्नु पर्ने त्यस पछि पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालले प्रधानमन्त्री पदमा नजाने घोषणा गर्नुपर्ने उहाँको भनाइ छ ।

    नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई ईतिहासमा कठोर निर्णय लिएर मुलुकका लागि प्रीय बन्न आग्रह गर्नुभयो । अस्पतालको बेडमा छटपटिरहेको नेकपालाई कुसल चिकित्सकको साथ लिएर उपचार गर्न सके चाँडै एकता हुन सक्ने र आगामी निर्वाचनमा पराजितको अवस्थाबाट नेकपा टाढै रहने पनि उहाँको भनाइ थियो ।

    ताप्लेजुङबाट निर्वाचित प्रतिनिधीसभा सदस्य भट्टराई गत फागुन १८ गते दोभानबजारमा भएको आगलागी क्षेत्रको निरिक्षण तथा राहत वितरणका लागि गृहजिल्ला आएका हुन् ।

    Leave a Reply