“नेतृत्व,नेता, सामाजिक अगुवा तथा मार्गदर्शक भित्र के कस्ता गुण तथा विशेषता हुनु पर्दछ” प्रोफेसर मोहम्मद रम्जान

  • १४ पुष २०७७, मंगलवार ०२:०९ मा प्रकाशित
  • २८ डिसेम्बर २०२०! नेपालको बर्तमान परिस्थिति अनुरुप देशमा भैरहेको राजनीतिक नेतृत्वहरुको गलत र नेतृत्वहरुको स्वार्थी गतिविधिलाई नियाल्दै गर्दा, नेतृत्व,नेता, सामाजिक अगुवा तथा मार्गदर्शक भित्र के कस्ता गुण तथा विशेषता हुनु पर्दछ भन्ने सम्बन्धमा कतारका लागि नेपाली मानवअधिकारकर्मी प्रोफेसर मोहम्मद रम्जान अलि मियाँले आफ्नो बिचार व्यक्त गरेका छन् ।
    बर्षौंदेखी समय सापेक्ष विभिन्न बिधा बिषयहरुमा कलम चलाउदै अनगिन्ती सत्य तथ्य वास्तविक लेखहरु तथा समाजमा भैरहेका प्रत्येक गतिविधिहरुलाइ जनमानसमा विभिन्न मिडिया तथा समाजिक संजालद्वारा बाड्दै शिक्षा दिदैं आउनुभएका मियाँले नेतृत्व सम्बन्धमा पनि राम्रो लेख लेखेका छन् ।

    “नेतृत्व,नेता, सामाजिक अगुवा तथा मार्गदर्शक को हुन्छ?उस भित्र के कस्ता गुण तथा विशेषता हुनु पर्छ यो बिषयमा उहाँको भनाइ जस्ताको त्यस्तै ।


    नेता वा नेतृत्व पङ्गति प्रमुखको पहिलो विशेषता भनेको उ एउटा चौबीसै घण्टा सतर्क रहने,अत्यन्तै दयालु र बिगत बाट पाठ एवं शिक्षा लिने तथा आफ्नो वरिपरिको घटना परिघटना बाट पुर्णतःजानकार रहने पात्र हुनु पर्दछ।
    यसैगरी बर्तमान भविष्य र आफ्नो जनताको सोच र उनीहरुको आवश्यकता लाई छिट्टै बुझ्ने तथा महसुस गर्न सक्ने र निर्धारण गर्न सक्ने असाधारण क्षमता वाहक वा उ Futuristic ब्यक्ती हुनु अत्यन्त जरुरी छ।
    उसले चाल्ने कदम र गर्ने ब्यवहारमा शैक्षिक खुबी तथा बौद्धिकता कोण कोणमा झल्कियोस।रिस राग आग्रह पुर्वाग्रह बाट कहिल्यै ग्रसित नहोस।मिजासैले अभिभावकत्वको अभिभारा ग्रहण गर्ने जोश र ईख होस।नेतृत्वको उच्च पदमा पदासिन भए पछि उसका निम्ति न्यायको सिद्धान्तको उच्च कदर तथा न्यायीक पद्धतिको ब्यवहारमा एकरुपता छर्लङ्गै देखियोस।जस्तोसुकै परिस्थितिमा पनि धैर्यता र आत्मबिश्वास नगुमाउने बेजोड खुबी लाई आत्मसात गर्ने होस।नागरिक र जनतालाइ एकताको सुत्रमा ऐक्यबद्ध गरि आपसी मेलमिलाप सहिष्णुता हार्दिकताको माला गाँस्न सक्ने सक्षमता उस भित्र होस।


    उ स्वयं आफू पनि सत्यवादी,अत्यन्तै बफादार,जनता र आफू मातहतका प्रती उत्तरदायी हुने र स्वभावैले संघर्षशिल हुनु पर्दछ।आफ्नो ब्यक्तिगत मात्र हैन राष्ट्र र जनताको हितका निम्ति भए पनि हर हालतमा आफ्नो नैतिकता कायम राख्ने हुनु पर्दछ।
    देश र जनताको हरेक आवश्यकतालाई आन्कलन गर्न सक्ने क्षमताको मालिक होस।
    उ भ्रष्टाचार,घुसखोरी,परिवारबाद जस्तो भ्यानक क्यान्सर रोगले ग्रसित नहोस।उसमा अग्रगामी सोच र परिवर्तनका कदम उठाउन सक्ने अथवा INITIATIVE लिन सक्ने बेजोडको बल र बुद्धि होस।
    उ आफ्नो जनता र राष्ट्रको शासक मात्र होइन एउटा बफादार सिपाही होस।उसमा दीर्घकालीन योजना बनाउने सक्ने खुबी होस।कुनै पनि अवस्थामा चाहे त्यो सत्तासीन हुँदै गर्दा होस अथवा सत्ता हस्तान्तरण गर्दै गर्दा होस आफ्नो बिश्वसनियता र नैतिकता गुम्न नदिने असाधारण बिश्वासको उच्च नैतिकवान पात्र होस।
    उसले पालना गराउन र बफादारी निभाउन के लाई भनिन्छ त्यो राम्रोसँग बुझेको होस।किनभने कुनै पनि हाकिमले आफू मातहतका बाट आफ्नो हुकुमको पालनाको आशा त गर्न सक्छ तर बफादारीको अपेक्षा गर्न सक्दैन।किनभने यो बिषय भनेको हाकिमको क्षमता ब्याक्तित्व बिश्वस्नियता र विशेषतामा भर पर्दछ।
    आज्ञा पालनाकर्ताको अनुहारमा खुशी र बफादार ब्यक्तिको अनुहारमा धोकीबाजीको रङ्ग होइन उसको अनुहारमा विशेष प्रकारको प्रसन्नता झल्किन्छ।उसमा समयको सदुपयोग गर्ने असाधारण बिवेक होस।झुट धोकाधडि संग उसको टाढा टाढा सम्म कुनै सम्बन्ध नहोस।
    देश त जनता प्रती घात अनि राज्य विरुद्धको कुनै पनि प्रकारको सौदाबाजीको घृणित खेल वा चालबाजि सोच्न पनि नसक्ने दरिलो मुटुको एकल मालिक होस।कसैको इशारामा चल्नु भनेको कोठीमा नाच्ने तवायफको पङ्गतीमा सहभागिता जनाउनु हो भन्ने सोचले आफुलाइ उभ्याउन सक्ने बहादुर होस।
    देश र जनताको उन्नति प्रगतिका लागि र आफ्नो लक्ष्य प्राप्तिका निम्ति ठोस कदम चाल्न सक्ने होस।यति मात्रै होइन उदेश्य प्राप्तिको अठोट राख्ने होस।आत्मविश्वासको नमुना होस।जे भन्छु त्यो गरमा बिश्वास राख्ने भन्दा जे गर्छु त्यो गरमा बिश्वास राख्ने र त्यसमा कटिबद्ध रहनु पर्छ भन्ने सोचमा बिश्वास राख्ने होस।बिशाल उदेश्य बोकेर जनताको बिश्वासलाई सहजै जित्न सक्ने उच्च नैतिकवान बिश्वासिलो पात्र र दुरदर्शिताले भरिपुर्ण ब्याक्तित्व होस।”

    Leave a Reply