
साउदी अरबमा रहेर सिङ्गो मध्यपुर्वको महिलाबाट नेतृत्व गर्दै महिलाका आवाजहरु बुलन्द रूपमा उठाउने तथा पीडित श्रमिक महिला समस्या, महिला हक हितका लागि अब्बल, मध्यपुर्वकै सान, सकृय समाजिक अभियन्ता, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदकी सकृय सदस्य यासमिन बेगमले आफ्नो स्वार्थ पूर्तिका लागि अर्काको घर फुटाउने जोकोहीलाई पनि सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् ।
बर्तमान परिस्थितिमा दिनानुदिन देश बिदेशमा रहेका कुनैपनि निकायहरूमा यस्ता समस्याले जरो गाड्दै गएको अबस्थालाइ चित्रण गर्दै यो लेख लेखेकी हुन् ।
आफू हाल साउदी अरबमा रहेको र यहाँको नेपाली समाजमा रिस, डाहा, ब्यक्तिगत स्वार्थ, क्षणिक मोजमस्तीका कारण दाइको नाता लगाएर अरुको श्रीमानमाथि गिद्देनजर लगाऊने, अरुको शान्तिपुर्ण परिवारमाथि हावी हुँदै अरुको घरमा कलह र आगो लगादिने, सुमधुर सम्बन्ध भएका श्रीमान–श्रीमतीको सम्बन्ध टुटाउने –छूटाउने, जस्ता घटनाहरु दिन प्रतिदिन बढीरहेको भन्दै वेगमले यस्ता चरित्र भएका व्यक्तिलाई समाजिक रुपमा नङ्याएर बहिष्कार गर्नुपर्ने बताएकी हुन् ।
जो–जससँग सम्बन्धीत रहेको छ भन्दै उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन् ,
‘जो जससँग सम्बन्धीत छ
ब्यक्तिगत रूपमा नलिई सबै जना आ–आफ्नो सामाजिक पारिवारिक मर्यादाभित्र रहनु हुन यसै मार्फत अनुरोध पनि गर्दछु ।
हिजोआज साऊदी अरबमा रिस डाहा, ब्यक्तिगत स्वार्थ, क्षणिक मोजमस्ती का कारण दाइ–दाइ भंदै अरुको श्रीमानमाथि गिद्देनजर लगाऊने, अरुको परिवारमाथि हावी हुदै कतीपयको श्रीमान श्रीमतीको सम्बंध टूटाउने– छूटाउने, घरमा कलह बढ़ाई दिने जस्ता घटनाहरु दिन प्रतिदिन बढ़ीरहेको हुँदा यस्ता ब्यक्ति तथा घटनाको जोड़दार रूपमा निंदा तथा भर्त्सना गर्दछु ।
यस्ता घटना बारे समाजका अगुवा जानकार भंदै हामी केही ब्यक्ति बिशेषहरुलाई जिम्मा दिनु भन्दा समाजमा देखीन थालेका यस्ता घृणित महिलापुरुषलाई तपाई हामी सबैको साथले नंग्याऊनु तथा समाजमा खुलेर बाहिर ल्याई सामाजिक रूपमा बहिष्कार गरौ ।
आफ्नो स्वार्थको लागी कोही रिसाउला भन्दै भित्र–भित्र कुरा ठिक्क पार्ने हैंन यस्ता अपराधी मानसिकता भएका ब्यक्तिबाट आफू र आफ्नो घर परिवार लाई बचाऔ र अरुको परिवार समेत टूटन छूटन बाट बचाऊँ भंने अनुरोध गर्दछु ।
यस्ता घटनाका दोषी समाजका जस्तों सुकै हैसियतका महिला पुरुषहरु भएता पनि सामाजिक तथा कानुनी दायरामा ल्याई उचित सजायका भागीदार बनाऊ ।साथै मित्रताको नाममा जूनसुकै सम्बन्धलाई पनी अलि संयमित दायरामा राखौ ।’

