नेपाल नर्सिङ परिषद द्वारा परीक्षामा उत्तीर्ण भएतापनि त्यसको मान्यता नदिने

  • ३० मंसिर २०७७, मंगलवार २२:५५ मा प्रकाशित
  • नेपाल नर्सिङ परिषद द्वारा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित बि.एन. तथा बी.एस.सी नर्सिङ्ग अन्तर्गतका परीक्षाहरुमा शामिल भई परीक्षामा उत्तीर्ण भएतापनि त्यसको मान्यता नदिने निर्णय गरेको छ।
    परिषदद्वारा १६ गते जारी गरिएको सूचनामा जनाइएअनुसार प्रयोगात्मक अभ्यासको प्रक्रिया पुरानै नगरिकन गराइएको परीक्षामा उत्तीर्ण भएतापनि त्यसले कुनै अर्थ नराख्ने हुँदा त्यस परीक्षा अन्तर्गत उत्तीर्ण भएका विद्यार्थीहरुलाई मान्यता दिन र नाम दर्ता गराउन नसकिने बेहोराको जानकारी सम्बन्धित निकायहरु विश्वविद्यालय, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्लाइ जानकारी गराइने जनाएको छ।


    कोभिड-१९ ले विश्व जगतलाईनै आक्रान्त बनाइरहेको घडीमा पूर्वाञ्चल विश्वविद्यालय र नेपाल नर्सिङ परिषदमा देखिएको आपसी समन्वयको अभावमा बि.एन. तथा बी.एस.सी नर्सिङ्ग अन्तर्गतका विद्यार्थी अरुलाई भने अन्योल सिर्जना गरेको छ ।

    Leave a Reply