शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलद्वारा ई क्लास नेपाल एप सार्वजनिक

  • २४ मंसिर २०७७, बुधबार १८:१५ मा प्रकाशित
  • काठमाडौ / सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि निर्मित ‘ई क्लास नेपाल’ एप सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उक्त एपको मंगलबार सार्वजनिक गर्नु भएको हो ।

    कोभिड १९ को महामारीको समयमा घरमै सुरक्षित तरिकाले बसेर सिकाइ कार्य जारी राख्ने उद्धेश्य अनुरुप शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त एपको निर्माण गरेको जनाएको छ ।

    साथै केन्द्रले उक्त एपमा स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायत सिकाई सामग्रीहरु समेटिएको जनाएको छ ।

    कोरोना महामारी समयमा शैक्षिकसत्र खेर जान नदिन एपमा विभिन्न वैकल्पिक सिकाई मोडेलहरु अपनाईएको केन्द्रले जनाएको छ । साथै केन्द्रले उक्त एपमा कक्षा ११ र १२ को पाठ्यसामग्री पनि समेट्ने प्रयास भइरहेको जनाएको छ ।

    Leave a Reply