साउदी अरबमा बहिर्गमन भिषा (Exit Visa) तथा हुरुब सम्बन्धि जरुरी सुचना

  • २४ मंसिर २०७७, बुधबार १५:११ मा प्रकाशित
  • समर्पण रम्जान,
    ९ डिसेम्बर २०२०, साउदी अरब ! साउदी अरबमा रहेर कोभिड १९ का बेला समस्यामा परेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको समस्यालाई सम्बन्धित पक्षसित समन्वय र सहकार्य गर्दै आएका KSA TEAM लिगल अफिसर मुस्ताक मदनीले बहिर्गमन भिषा समयावधि समाप्ति तथा हुरुब सम्बन्धमा केही जानकारी दिएका छन् ।

    साउदी अरबमा रहेका कुनैपनी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले यदि पहिलेनै बहिर्गमन भिषा (Final Exit Visa) लिएर Exit Visa समयावधि समाप्त हुनु पहिलेनै नेपाल फर्किसक्नु पर्नेछ । यदि नेपाल फर्किन नसकेको खन्डमा पुनः बहिर्गमन भिषा (Exit Visa) को लागि दुतावासमा आफ्नो डकुमेन्ट पठाउनु पहिले “अल-बंकुल-मर्कजी अस्-साउदी”
    Saudi Central Bank
    البنك المركزي السعودي
    को नाममा 1000 रियालको चेक बनाएर असली चेक दुतावासमा पठाउनु पर्ने छ ।
    त्यसपछि मात्रै पुनः बहिर्गमन भिषा (exit visa) प्रदान गरिने कुरा साउदी सराकारको जवाजातले जनाएको कुरा मुस्ताक मदनीले जानकारी गराएका छन् ।
    तहवील राझी लगायत कुनैपनि बैंकमा गएर आफ्नो एकामाबाट चेक बनाउनुपर्ने छ ।

    यदि कसैको Exit Visa लागिसकेको छ भने Exit Visa को समयावधि समाप्त हुनु अगावै नेपाल फर्किन सुझाउदै, बहिगर्मन भिषा अबधी सकिएर पुनः बहिर्गमन भिषाको लागि कागजात जम्मा गर्नु पर्ने भएमा माथी अबगत गराइएको प्रक्रिया पुरागर्नु पर्ने जानकारी दिएका छन् ।
    साथै हुरुब सम्बन्धमा पनि निम्न लिखित केही आवाश्यक जानकारी दिएका छन्
    १) हुरुप लागि सकेका ब्याक्तिहरु स्वदेश जानको लागी जेल बसेर अथवा दुतावासद्वारा बहिर्गमन भिषा लिएर स्वदेश फर्कन सक्ने प्रावधान रहेको छ ।
    २) हुरुप लागिसकेको २ हफ्ता भित्र साहुले निशुल्क हुरुब कटाउन मिल्छ ।
    ३) समय अवधि समाप्त भएपछि हुरुब कटाउन २००० रियाल तिर्नुपर्ने हुन्छ ।
    ४) हुरुप लागेको व्यक्ति ५ वर्षसम्म साउदी आउन पाउने छैनन् ।
    ५) हुरुप लागेको व्यक्तिले अर्को रोजगारदातामा ट्रान्सफर (तनाजुल) पनि गर्न सक्दैन ।
    बिगत केही मैहिनादेखि KSA TEAM ले धेरै श्रमिक समस्याहरु समाधान गर्दै आइरहेको छ ।

    2 thoughts on “साउदी अरबमा बहिर्गमन भिषा (Exit Visa) तथा हुरुब सम्बन्धि जरुरी सुचना

    Leave a Reply