बिदेशबाट नेपाल फर्किएर कोरेन्टिनमा बस्दाको अनुभव , एनआरएनए एन सिसि साउदीका एक प्रतिनिधि नरेन कार्की

  • २२ कार्तिक २०७७, शनिबार १३:१२ मा प्रकाशित
  • ७ नोभेम्बर २०२०, साउदी अरब बाट नेपाल फर्किएका एनआरएनए साउदीका एक प्रतिनिधि नरेन कार्कीले बिदेश बाट स्वदेश फर्कनेहरुका लागि सहज सूचना सम्प्रेषण गर्ने उद्देश्यले आफू क्वारेन्टाइनमा बस्दा आफुले अनुभव गरेका केही कुरा सेयर गरेका छन् ।

    • जहाजबाट वोर्लिएपछी नेपाल आर्मिले ब्यवस्था गरेको गाडी अगाडि गेटमा राखिएको हुदो रहेछ सुरुसुरुमा प्रदेस अनुसारको समुह बिभाजन गर्ने गरेको सुनियो र सोही अनुसारका बोडहरु बनाएको देखियो तर हिजो तेस्तो केही छुट्याइएको थिएन जो जुन गाडिमा बसे पनि हुन्थ्यो।
    • आर्मिहरुले तकिदिएको गाडिमा आफ्नो समानहरु आफै बोक्ने र गाडिमा चडाउने गाडी एकै साइजका नभै सानाठुला भैदिएको हुदा कुनै सागुरो, ढोका सानो कुनै ठुला फराक तेसैले समान चाडाउने उतार्ने गर्दा जति धेरै समान उतिब दुख पाइने रहेछ।
    • गाडिमा बसिसकेपछी कुनै एक पाटी प्यालेसमा पुर्याइयो जहाँ फराकिलो आगन, आराम गरी बस्ने ठाउ, ट्वाइलेट सुबिधा आदि थियो आफना समानहरु सबै उतार्न भनियो र उतारीयो र हात धोएर हलमा बस्न भनियो हलमा बसियो आर्मिहरुका तर्फबाट कोभिड-१९, होटेल कोरेन्टिन बस्नुपर्ने नियमहरुका बारेमा छोटो ब्रीफिङ गरेको पाइयो र यंहि सम्पुर्ण आगन्तुक हरुको विवरण भरिदिने काम गरेको पाइयो, हाम्रो हतार गर्ने बानी अलि भिडभाड र सामाजिक दुरी कायम गर्न चै सबै चुकेको प्रस्टै देखिन्थ्यो साथै हरेकलाइ एक एक नया नेपाल टेलिकमको रुपैया १० रिचार्ज आउने गरीको एक एक वटा सिमकाड पनी निसुल्क बितरण गरेको पाइयो।
    • आफन्त कोहि भेट्न आए भेट्न दिने ब्यवस्था पनि रहेको पाइयो।
    • तत्पश्चात आर्मिहरुको निर्देशनमा कोरिन्टिन तोकिएका होटेल हरुमा क्रमश होटेलको क्षमतानुसार पुन होटेलले पठाएका साना ठुला साइजका गाडिमा आफ्नो सामान चढाएर होटल प्रस्थान गरीयो। होटेल पुगियो सामान झारीयो।
    • होटेलमा २२ र ३३ रुममा आफू आफु मिलेर बस्न सक्नुहुन्छ भनियो, सिङल रुम चाहिए नियमानिसार केही रकम थप गरि बस्न सकिने बुझियो। होटेल प्राय ठुला प्रकृतिका हुने हुदा कोठाहरुपनी ठुलै रहेको पाइयो।
    • होटेलमा बिहानको ब्रेकफास्ट (चना, एउटा अन्डा र कालो चिया) दिइयो र बिहान बेलुका को खाना चै एउटा सब्जी एउटा दाल र थप खाना सहितको डिस्पोजेबल प्याकमा राखेर कोठा कोठामा ल्याइदिने ब्यवस्था गरिएको पाइयो।
    • पानीको लागि ठुलो प्लास्टिक जारको बोतल बाहिर राखिदिने र आफैले ल्याइ कोठामा उमाली पिउन सक्ने गरि ब्यवस्था गरेको पाइयो।
    • अन्य खाने पिउने र आवश्यक समाग्री चाहिए होटल ले सशुल्क ल्याइदिने ब्यवस्था रहेको पाइयो।
    • पाचदिन सम्म यसैगरी बस्ने र पाचौ दिनका दिन टेकु अस्पताल बाट चिकित्सक सहितको टोलि आइ स्वाब सन्कलन गरि पि सि आर टेस्ट गर्न पठाउने र त्यस्को भोलि या पर्सि पल्ट रिजल्ट नेगेटिभ आउनेहरुलाइ होटलबाट निस्कियेर आफ्नो घर जान अनुमती मिल्ने कुरो बुझियो।

    यो माथिका अनुभवलाई अन्य स्वदेश जानेहरुका लागि शिक्षा हुने छ ।

    Leave a Reply