प्रधानमन्त्रीलाई पत्र बुझाउँदै बालुवाटारबाट बाहिरिए प्रचण्डसहित ५ सचिवालय सदस्य

  • २२ कार्तिक २०७७, शनिबार १३:२४ मा प्रकाशित
  • messenger sharing button

    तस्वीरःगूगल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहित बालुवाटार पुगेका ५ सचिवालय सदस्यले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाएर हिँडेका छन् ।

    पार्टीभित्र विवाद बढ्दै गईरहेको समयमा सचिवालयका ५ नेताहरु आज बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्न भन्दै बालुवाटार गएका थिए ।

    हिजो पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले शनिवार प्रधानमन्त्री ओलीलाई भेट्न जाने निर्णय गरेको थियो ।

    सोही निर्णयानुसार ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसहितका ५ सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले एक पत्र प्रधानमन्त्रीलाई बुझाउँदै बालुवाटारबाट बाहिरिएका हुन् ।

    श्रोत :लोकपथ दतकम

    Leave a Reply