राजु सैयद साउदी अरेबिया ! गैरआवासी नेपाली संघका अध्यक्ष कुमार पन्तले आफ्नो चुनावी घोषणापत्रमा प्रस्ताव गरेको निःशुल्क सदस्यता वितरण र केन्द्रीय प्रतिनिधिको दर्ता शुल्क खारेजीको निर्णय पारित भएसंगै एनआरएनए चुनावलाई एक महापर्व जतिकै मनाउने तथा कोहि कसैलाइ कमाउने खेतिको समाप्त हुने भएको छ । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वमा बसेर बिगतका एन आर एन ए गतिविधि नियाल्दै गर्दा भ्रमको खेती गर्नेहरुलाई बुँदागत अनुभव सुनाउन चाहन्छु । भ्रम को खेति नगरौ, !!
१, निशुल्क सदस्यता बितरण गर्दा संस्था धराप मा पर्छ भनि भ्रम फैलाऊनेहरु लाई एनआरएनए एन सि सि साउदि अरबको इतिहास पल्ट्याएर हेर्न अनुरोध गर्दछु । सदस्यता शुल्कले संस्था लाई फ़ाईदा हैन घाटा भएको अनुभव बोटलेका छौ , हाम्रो बिभिन्न आम्दानीको श्रोतका कारण संस्थाको बैक खाता मा पूग नपूग आधा करोड जम्मा छ , हामीले सामाजिक कार्यहरुमा खर्च पनी गरी राखेका छौ, प्राय जसो हरेक दिन कुनै न कुनै पीडितले हामिबाट सेवा पाइराखेका छन् । अहिलेको विषम कोरोना क़हरका कारण पीडित बनेका हजारौ श्रमिकहरुलाई लाखौ को खाध्यन्न बितवरण गर्नुको साथै केही श्रमिकहरुलाइ बासस्थानको समेत ब्यबस्था गरेका छौं । आजै पनी गाड़ी भरि सामान बोकेर एनआरएनए डििआरसि राजेन्द्र अर्याल ज्यु र म गएर विभिन्न स्थानमा रहेका पीडितहरुलाइ खाद्यान्न बितवरण गरेका छौं । (तर हामी फ़ोटो भिडियो हालेर तडक भडक गरि मीडियावाजी गर्दै पीड़ितको मजाक बनाऊदैनौ ) ,कतिपय श्रमिकहरुले आफ़ै हवाई टिकट काटी नेपाल जान नसक्ने र नेपाल सरकारले पनि हवाई टिकटको ब्यबस्था गर्न नसकेको अबस्थामा वास्तविक पीड़ितको पहिचान गरि नेपाल जाने हवाई टिकट समेत NRNA साउदी अरबले दीने ब्यबस्था गरेको छ ( भर्खर मात्र दुतावासको अनुरोध मा १ जना पिडित महिला र अन्य को अनुरोध मा ३ जना पिडित पुरुष लाई नेपाल जाने हवाई टिकट उपलब्ध गराएका छौ संसार को कुनै सस्था ले यो महंगाई को हवाई टिकट को ब्यबस्था गरेको सुनेको छैन ) अधिवेशन पनी बिदेस बाट पाहुना बोलाएर भव्य गर्ने गर्छौ उपेन्द्र दाई , जिबा लामिछाने ज्यु , कुमार पन्य ज्यु , रमेेेस्वर शाह ज्यु राजेन्द्र कुमार शर्मा ज्यु , सागर नेेेपाल ज्यु लगायत विभिन्न पाहुनाहरु लाई साउदी अरब ल्याई सकेका छौ ( अधिवेशनमा संस्थाको १ पैसा खर्चिन्नौ ऊल्टो नाफा गरेर सस्था को बैंक खाता मा जम्मा गर्ने गर्छौ ) संस्थाको मासिक बैठक घर , कोठा , चौर या बाटा घाटा मा गर्दैनौ चीर परिचित होटेल मा चिया , पानी , खानपिन का साथ भव्य गर्छौ ( त्यहा पनी संस्था को पैसा खर्चिन्नौ ऊल्टो त्यस बाट पैसा बचाएर संस्था लाई दीएका छौ ) , त्यसैले साथीहरु गरे जे पनी सम्भव छ तर विचार, आँट र सहयोगको मनोभाव उच्च हुनु पर्छ, भित्रबाट संस्था लाई माया मान्नू पर्यो, माया मान्ने भनेर विवादित जग्गा हो भन्ने जानकारी हुँदा हूँदै पनी जग्गा किनेर भवन निर्माण गरियो , लार्पार्क जहाँ NRN ले घरहरु बनाउदै छ त्यहाँका जनता लाई घर “छाना को साच्चै आवश्यक थीयो या थीएन” उनीहरु “बिपन्न परिवार हुन या सम्पन्न “ कति पए लाई अचम्म लाग्न सक्ला यो सुन्दा त्यहाँ का अधिकांश जनता तपाई हामि भन्दा सम्पन्न छन् शहर बजार मा उनि हरु को घर छ तर को बोल्ने ? को संग हिम्मत छ वास्तविकता बाहीर ल्याऊने ? ज़ती पैसा हाम्ले त्यहा खर्च गरेम यदि त्यती पैसा अन्त खर्चेको भए नेपाल भरिका वास्तविक पीड़ितहरु ले छानो पाउने थीए । त्यसैले संस्थालाई मायाँ गर्दै सहयोग गर्नु नितान्त जरुरी छ तर सहयोग गर्ने भन्दैमा आँखा बन्द गरेर होइन बास्तबिकता बुझेर गरेमा उपयुक्त हुनेछ । अहिलेसम्म जति पनी श्रमिक पीडितहरुलाइ दिनानुदिन सहयोगहरु संस्थाबाट भैरहेका छन् यो सदस्य शुल्कले नभएर सबै सहयोगी दाताहरु र हाम्रो आफ्नै आम्दानिको श्रोत बाट भएका छन् ! सदस्य शुल्कबाट त कुनै 10-20 पिडिलाइ पनि सहयोग गर्न पुग्दैन ।
२, महाधिबेशन प्रतिनिधि ” deligate ” को २०० डलर निशुल्क को बिषय यस्ले झन् ठुलो ईतिहास रचेको छ , यस्ले चोर , डाँका , दलाल र बिचौलियाहरु लाई निर्मुल पारेको छ , त्यसैले तिनै बिचौलिया आफ्नो धन्दा पानि समाप्त हुन लागेका कारण उफ्रेका हुन् l
३, अनलाइन मतदानको ब्यवस्था हाम्रो पहिलो पटक हो र डराउनु पर्ने संसार कै शक्तिशालि देस अमेरिका लगायत अन्य देस ले अनलाईन मतदान को ब्यबस्था गरेको छ भने हाम्लाई के को डर किन डराउनु पर्ने ? ब्यबस्थित बिश्वसनियता बिषय जटिल हुन्छ त्यस्मा छलफल आबश्यक छ l
४, महाधिबेशन प्रतिनिधि छनौट ( केन्द्र या राष्ट्र दुवैको ) को बिषय अलिक जटिल छ यस्लाई ब्यबस्थित बनाउनु एकदमै अध्यनको आबश्यक छ त्यसैले यस्मा हतार नगरि गलत निर्णय नगरियोस भन्ने अनुरोध गर्दछु
उही बिना हतियार को NRN सिपाही
राजु शैयद
साउदी अरब


सही कलाम