आज थप ७ सय ०७ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुग्यो

  • ४ भाद्र २०७७, बिहीबार १७:०९ मा प्रकाशित
  • काठमाडौ, ४ भाद्र
    नेपालमा विगत २४ घण्टामा ७ सय ०७ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय १५ र महिला १ सय ९२ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ११ हजार ८ सय ३२ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ५ लाख ६६ हजार २ सय २० जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय६८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ८३ जना र होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ६ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय २६ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ६४ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ४४ जना, प्रदेश नं. २ मा ३ हजार ८ सय ७७ जना, बागमती प्रदेशमा ७ सय २४ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय ७५ जना, प्रदेश नं. ५ मा ४ हजार ३ सय २८ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ७० जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ३ सय ४६ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ११ हजार ५ सय ५५ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ७ सय ७२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ सय ५७ जना, प्रदेश नं. २ मा २ हजार ७ सय ८९ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं. ५ मा २ सय ४२ जना, कर्णाली प्रदेशमा १८ जना, र सुदुरपश्चिम प्रदेशमा २८ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ८३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४५ जना, प्रदेश नं. २ मा १ हजार ९ सय ५३ जना, बागमती प्रदेशमा २ हजार ९ सय २३ जना, गण्डकी प्रदेशमा ३ सय १५ जना, प्रदेश नं. ५ मा ८ सय ३७ जना, कर्णाली प्रदेशमा २ सय ५३ जना, र सुदुरपश्चिम प्रदेशमा ७ सय ५७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ११ हजार ७ सय ६८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ५ सय ८५ जना, प्रदेश नं. २ मा १ हजार ५ सय ६७ जना, बागमती प्रदेशमा ८ सय ५० जना, गण्डकी प्रदेशमा २ हजार ७ सय ८४ जना, प्रदेश नं. ५ मा १ हजार ८ सय ३६ जना, कर्णाली प्रदेशमा ६ सय १२ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ५ सय ३४ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा भोजपुर, हुम्ला, मुस्ताङ र मनाङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ६ वटा रहेका छन । जसमा मोरङ, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड २६ लाख १० हजार ८ सय ६७ रहेको छ भने सक्रिय संक्रमित संख्या ६४ लाख ९२ हजार ६ सय ९१ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ९१ हजार ६ सय ७६ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ५३ लाख २६ हजार ५ सय जना रहेको छ ।

    Leave a Reply