उमेश कुशवाहा

वीरगंज,भाद्र १ नारायणी अस्पताल बिरगंजमा मेडिकल सुपरिटेन्डेनको जिमेवारी पाएको डा. मदन कुमार उपाध्यायको ठाउँमा डा. सञ्जय ठाकुरलाई मन्त्रीस्तरीय निर्णय अनुसार जिमेवारी दिएको हो।
नारायणी अस्पताल वीरगंजको मेडिकल सुपरिटेन्डेन (मेसु)को सरुवा भएको छ ।
मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिएको छ ।
नारायणीका मेसु रहेका डा मदनकुमार उपाध्यायलाई मन्त्रालय फिर्ता बोलाइएको छ । नयाँ आउन लागेका मेसु यसअघि वीर अस्पतालमा कार्यरत थिए ।
पछिल्लो समयदेखि वीरगञ्ज कोरोनाको हटस्पट बन्दै गएको छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्न समेत गाह्रो भएको छ ।
मन्त्रालयका सहसचिव रघुराम बिष्टले वीरगञ्जको पछिल्लो अवस्था र विद्यमान परिस्थितिलाई हेरेर उपयुक्त निर्णय लिइएको बताए । उनले डा उपध्यायलाई अहिले मन्त्रालयमा काजमा ल्याइएको प्रतिक्रिया दिए ।

