
काठमाडौ, १ भाद्र
नेपालमा विगत २४ घण्टामा ५ सय ८१ जना नयाँ संक्रमित थपिएका छन। जसमध्ये पुरुष ४ सय ८ जना र महिला १ सय ७३ जना रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ११ हजार ५ सय २० जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार १ सय ९८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ३८ जना र होम आइसोलेसनमा २ हजार ६ सय १ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ३ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये २ जना पुरुष र १ जना महिला रहेका छन । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ७ पुगेको छ । जसमध्ये प्रदेश १ मा १० जना, प्रदेश २ मा ४८ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र
सुदुरपश्चिम प्रदेशमा ८ जना रहेका छन ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ६० रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय १२ जना, प्रदेश नं. २ मा ३ हजार ७ सय १० जना, बागमती प्रदेशमा ७ सय ०२ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय ३२ जना, प्रदेश नं. ५ मा ४ हजार २ सय ८९ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ४३ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार २ सय ०७ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ९ हजार ६ सय ३९ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा १ हजार ३२ जना, प्रदेश नं. २ मा ४ हजार ३७ जना, बागमती प्रदेशमा २ हजार ३ सय २९ जना, गण्डकी प्रदेशमा २ सय ९७ जना, प्रदेश नं. ५ मा ९ सय १० जना, कर्णाली प्रदेशमा २ सय २३ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ११ जना रहेको छ ।
त्यस्तै होम आइसोलेसनमा बस्नेको संख्या २ हजार ६ सय ०१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ सय २२ जना, प्रदेश नं. २ मा २ हजार १ सय ७० जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा ० जना, प्रदेश नं. ५ मा १ सय ७५ जना, कर्णाली प्रदेशमा ११ जना, र सुदुरपश्चिम प्रदेशमा १२ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय १० जना, प्रदेश नं. २ मा १ हजार ८ सय ६७ जना, बागमती प्रदेशमा २ हजार २ सय १८ जना, गण्डकी प्रदेशमा २ सय ९७ जना, प्रदेश नं. ५ मा ७ सय ३५ जना, कर्णाली प्रदेशमा २ सय १२ जना, र सुदुरपश्चिम प्रदेशमा ७ सय ९९ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १५ हजार १ सय ९८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ३ सय २० जना, प्रदेश नं. २ मा १ हजार ५ सय ४५ जना, बागमती प्रदेशमा १ हजार ७ सय ३६ जना, गण्डकी प्रदेशमा ३ हजार १ सय ३१ जना, प्रदेश नं. ५ मा २ हजार १ सय ०७ जना, कर्णाली प्रदेशमा ६ सय ७० जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ६ सय ८९ जना रहेको छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड १८ लाख ६८ हजार ४ सय ६१ रहेको छ भने सक्रिय संक्रमित संख्या ६५ लाख २ हजार ८ सय ७३ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ७३ हजार ७ सय ३३ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ४५ लाख ९१ हजार ८ सय ५५ जना रहेको छ ।

