साहिब दरबार सेवा सस्थान , समपर्ण सेवा सस्था र स्टार सेरामिक्स प्रालीद्वारा १३ औं दिन पनि निशुल्क खाना बितरण गर्दै ।

  • १ भाद्र २०७७, सोमबार १३:३५ मा प्रकाशित
  • उमेश कुशवाहा

    बिरगंज ,भदौ ०१ “जटिल वैश्विक याे काेराेना महामारी , निसुल्क भोजन हाम्रो जिम्मेवारी “
    भन्ने मुल मन्त्रका साथ साहिब दरबार सेवा सस्थान , समपर्ण सेवा सस्था र स्टार सेरामिक्स प्रालीद्वारा सोमबार १३ औं दिन पनि निसुल्क भोजन ( खाना) बितरण गर्दै आईरहेको छ ।


    निषेधाज्ञाकाे आज २४ औ दिनमा काम नभएको कारण भाेकै पेट बस्नु परेका गरीब निमुखा असहायहरूकाे पेट भर्न हामिले फेरि नि:शुल्क भाेजन वितरण सुरु गरेको सस्थाका राजेशमान सिंहले जानकारी गराउनु भयो ।


    यसअघिको लकडाउनमा सो सस्थाले ३ महिना भाेजन गराएको थियो । त्यसैगरी यसपटक पनि यहाँहरूकाे निरन्तर साथ, सहयाेग र मार्गदर्शन पाईराख्ने हामीले विश्वास लिएको सिंहले बताउनु भयो ।


    निसुल्क भोजन कार्यको लागि सहयोग गर्नु हुने सहयोगी हातहरु सस्थाका राजेश सिंह , रूपेश मान सिंह , अफरोज आलम , राहुल तुल्स्यान , किशोर सिंह, विक्रम नगरकोटी, अजय अग्रवाल , कलाम मन्सुरी, मनिष ठकुरी , बिनोद बैठा , सन्दिप बैठा रहनु भएको छ ।

    Leave a Reply