लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट : दर्जनौं भवन ध्वस्त, मानवीय क्षतिको आशंका

  • २० श्रावण २०७७, मंगलवार २३:०२ मा प्रकाशित
  • एजेन्सी बेरुत — लेबनानको राजधानी बेरुतमा मंगलबार साँझ ठूलो विस्फोट भएको छ । बेरुतको बन्दरगाह नजिक विस्फोट हुँदा धेरै भवनहरु ध्वस्त भएको र ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ ।

    स्थानीय सञ्चारमाध्यमहरुले पोस्ट गरेको भिडियोमा विस्फोटपछिको ठूलो आवाज र धुँवाको मुस्लो देखिएको छ । भिडियोमा भवनहरु केही बेरमा ध्वस्त भएको देखिएको छ ।

    सन् २००५ मा हत्या गरिएका पूर्वप्रधानमन्त्री रफिक हरिरीको मुद्दाको फैसला हुनुअघि राजधानी बेरुतमा भएको विस्फोटलाई अर्थपूर्ण रुपमा हेरिएको बीबीसीले जनाएको छ ।

    तस्बिर : रोयटर्स

    विस्फोटमा पूर्वप्रधानमन्त्री साद हरिरीको मुख्यालयसहित दर्जनौं भवनहरु ध्वस्त भएको सीएनएनले जनाएको छ ।

    विस्फोटस्थलबाट १० किलोमिटर टाढा रहेका स्थानीय नागरिकले विस्फोटपछि ठूलो भूकम्पको धक्काझैं महसुस गरेको बताएका छन् । अहिलेसम्म के र कसरी विस्फोट भएको हो भन्ने केही नखुलेको लेबनानी अधिकारीहरुले बताएका छन् । बिस्पोट भएको ठाउँ अझै पनि जलिरहेको छ बहने उद्दार को काम भैरहेको छ । कान्तिपुर समाचार ।

    Leave a Reply