आज थप २ सय १० जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुग्यो

  • १४ श्रावण २०७७, बुधबार २१:१० मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, १४ साउन
    नेपालमा विगत २४ घण्टामा २ सय १० जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
    मोरङका ३ जना
    सुनसरीका १ जना

    कोशी अस्पताल विराटनगर प्रयोगशाला
    मोरङका ३ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
    मोरङका २ जना

    प्रदेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुर
    सप्तरीका १ जना
    सलाहीका १ जना
    धनुषाका १२ जना
    महोतरीका १३ जना

    नारायणी अस्पताल वीरगञ्ज प्रयोगशाला
    पर्साका ३४ जना

    राष्ट्रिय प्रयोगशाला टेकु
    भत्तपुरका १ जना
    धार्दिङका ७ जना
    कपिलवस्तुका २ जना
    काठमाडौंका २ जना

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल प्रयोगशाला
    काठमाडौंका ७ जना

    किटजन्य अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडा
    नवलपरासी पुर्वका २ जना
    रौतहटका १ जना

    वीर अस्पताल प्रयोगशाला काठमाडौं
    काठमाडौंका २ जना

    त्रिवि शिक्षण अस्पताल प्रयोगशाल
    काठमाडौंका १ जना

    नेपाल प्रहरी अस्पताल काठमाडौं
    सप्तरीका १ जना

    स्टार अस्पताल सानेपा
    काठमाडौंका २ जना
    महोतरीका १ जना

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा
    बाग्लुङका ७ जना
    स्याङजाका २६ जना
    म्याग्दीका २ जना
    तनहुका १ जना

    सुर्खेत प्रदेशिक अस्पताल प्रयोगशाला
    सुर्खेतका १ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरा
    बैतेडीका २ जना
    डोटीका १५ जना

    सेती प्रादेशिक अस्पताल धनगडी
    डोटीका ३७ जना
    कैलालीका ८ जना
    कञ्चनपुरका ८ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ६ हजार ३७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ७१ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ३ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण २ जना ब्यक्तिको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ५१ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ४६ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १४ हजार २१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ८९ जना, प्रदेश नं. २ मा ३ हजार १८ जना, बागमती प्रदेशमा ५ सय १८ जना, गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय १० जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार २ सय ३ रर्हेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा २ सय ३५ जना, प्रदेश नं. २ मा २ हजार ४६ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा ३ सय २६ जना, प्रदेश नं. ५ मा ४ सय ०३ जना, कर्णाली प्रदेशमा ३ सय ०३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ५ सय ४२ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा १५ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १४ हजार ४ सय ७१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ८ सय ४२ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ४९ जना, बागमती प्रदेशमा १ हजार ३५ जना, गण्डकी प्रदेशमा ३ हजार ३ सय ८२ जना, प्रदेश नं. ५ मा १ हजार ८ सय २४ जना, कर्णाली प्रदेशमा ६ सय ४३ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ८ सय ९६ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा खोटाङ, दोलखा, भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा र रसुवा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ६९ लाख १ हजार ८ सय २ रहेको छ भने सक्रिय संक्रमित संख्या ५७ लाख ७४ हजार ५ सय १८ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६ लाख ६३ हजार ५ सय ७० पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ०४ लाख ६३ हजार ७ सय १४ जना रहेको छ ।

    Leave a Reply