वसन्त अनुभव

वीरगन्ज, १४ साउन
नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज वीरगन्जमा दुइजना कोरोना संक्रमितको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोना लागि मृत्यु हुने ब्यक्तिहरुको संख्या ५१ पुगेको छ ।
कोरोना संक्रमित भइ मृत्यु हुनेमा वीरगञ्ज रोधमाई वडा नं ७ का ६८ वर्षीय पुरुष रहेका छन । निज गत साउन ८ गते नारायणी अस्पताल वीरगन्जमा भर्ना भइ उपचाररत थिए । निजमा निमोनिया र मुटुको रोग भएको अस्पतालले जनाएको छ । उनको बुधबार बिहान पौने ११ बजे मृत्यु भएको हो ।
कोरोना लागि मृत्यु हुने अर्का ब्यक्ति पनि वीरगन्जका नै रहेका छन । ७० वर्षीय ती पुरुष नेशनल मेडिकल कलेजमा उपचाररत रहेका थिए । उनी झाडापखालाको समस्या देखिएपछि उपचारका लागि गएराति अस्पताल भर्ना भएका थिए । निज मृगौला सम्बन्धि समस्याबाट पीडित भएको र बुधबार विहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको

