उपचार सफल भएर घर फर्के सन्जोग महरा चमार

  • १५ श्रावण २०७७, बिहीबार ११:४६ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका वडा-५ महुवन बस्ने बागड महरा चमारको २५ बर्षिय सन्जोग महरा चमारलाई स्वास्थ्य समस्या करिब १ महिना देखि रहेको थियोे ।

    गाउँ घरमा उपचार गराउदै रहेको तर स्वास्थ्यमा सुधार नआए पछि २०७७-३-२२ गते नेसनल मेडिकल कलेज बिरगंजमा चेकजाँच गराई भर्ना गरिएको थियोे । चेकजाँचको रिपोर्टमा लिभरको छेउतिर पिप जम्मेको रिपोर्ट सिटि स्केनमा आएको थियोे ।

    सन्जोग महारा चमारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गराउने समस्या भएकोले उपचारको लागि दलित अधिकार समाज पर्सा,नेपाल र Peace4Dalits Foundation, Nepalको विशेष पहलमा हिमालयन दृस्टि ऑनलाइनमा आर्थिक सहयोगको अभियान गरिएको थियोे । सहयोगी दाताहरुको सहयोग बाट उहाँको उपचार तथा अप्रेसन सफल भएको छ।

    सन्जोग महरा चमार २२ दिन पछि खुसिका साथ घर फर्केका छन। उहाँ र उहाँको बुबा बागड महारा चमार खुसी हुँदै सहयोगीलाई धन्यवाद दिनु भएको छ।

    दलित अधिकार समाज पर्सा,नेपाल र Peace4Dalits Foundation, Nepal को अध्यक्ष मनोज रामले संयोग महरा बचाऊं अभियान नचलाउनु भएको भए आज छोरोको मुख हेर्न सक्दैन थियो,महराका आमाले भन्नु भयो।

    सन्जोग महरा चमारको उपचारको लागि संकलन भएको जम्मा रकम रु. १७०८९२/- अक्षरेपी एक लाख सत्तर हजार आठ सय ब्यान्बे रुपैया आर्थिक सहयोग भएको थियो।
    २२ दिनमा सन्जोग महरा चमारको उपचारमा जम्मा खर्च रु. १९००००/- एक लाख नब्बे हजार खर्च भएको अध्यक्ष रामले बताउनु भयो।
    सयोगी दाताहरु

    प्रकाश परियार नेपाली रु. १०६६०/- , लीला लामिछाने रु. ५०००/- सुनिल कुमार क्षेत्री , विश्वा शाह रु. २००४२ /- , पंकज चन्द रु. ३०००/- , लन्डनको अधिकारकर्मी रु. १२३००/- बसन्त पासवान रु. ५०००/- , सुनिल आचार्य रु. १५०००/- , शान्ती तिलुङ्ग रु. २०००/- , धन बहादुर सार्की रु . ३००००/- शिवा सिल्वाल रु. १००००/- , राजन अधिकारी रु. ५०००/- , रबिन्द्र घिमिरे रु. ८०००/- ,रुमि प्रधान रु. ५०००/- , जगत निरानकारी बिक रु. १५००, मेडिनी अधिकारी रु. ६०७६.७२ , अन्जुला सुनार रु. ३३४०/- , दिपक कुमार कुशवाहा रु. ५००/-, लवकान्त चौधरी रु. ३१००/-, संतोस बिस्ट १५०/- अजित अतमान १५००/- रामहरि खाडका रु. ७०३२/-, किरण बोहरा रु. ५०००/- नारायण बोहरा रु. ५९१४/- , डिबि सुनार रु. ५७७७/- गरि जम्म रु. १७०८९२/-
    अक्षरेपी एक लाख सत्तर हजार आठ सय ब्यान्बे रुपैया आर्थिक सहयोग भएको छ।

    उहाँको उपचारमा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी मनको धनी तथा संस्थालाई धेरै धेरै धन्यवाद समेत अध्यक्ष रामले दिनु भएको छन।

    Leave a Reply