“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयअठासीऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१८८———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०२/०४
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
तिम्रो साहारा बनी आउँछु म प्रिय
पीडामा नि सम्झेर धाउँछु म प्रिय
तन टाढा भए नि मन टाढा छैन,
प्रेमील गीत सधैं गाउँछु म प्रिय
मनमा तिमीलाई पाउँछु म प्रिय।
-सुशीला पौडेल।
पञ्चाङ्ग:०२
म पनि तिमीलाई सजाउँछु प्रिय
म पनि तिमीलाई नचाउँछु प्रिय
दुई ज्यान एक मुटु भै हामीले ,
कति खेर म आफै लजाउँछु प्रिय
भावनामा बहेर कजाउँछु प्रिय ।
- Madhusudan Prasad Ghimire
👉🏻पञ्चाङ्ग:०३
नयन नयनको कुरा मनमा गाँसिँदै गयो
मौन भावनाको डोरी चुपचाप बाँधिँदै गयो
ओठले केही नबोले पनि प्रेम बोलिरहन्छ,
हेराहेरमै जिन्दगानीको अर्थ साँचिँदै गयो
यसै उसै जीवनको लामो बाटो नाघिँदै गयो ।
✍️अच्युत घिमिरे,
सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग-०४
यै देशको माटो बनाउनु छ हामीले
नेपाली हौं भन्ने जनाउनु छ हामीले
गौरवान्वित हुँदै बाचौंला हुन्न हामी,
यै देशको माटो खनाउनुछ हामीले
परदेशीलाई तनाउनु छ हामीले ।
-दुर्गा रिजाल आचार्य
पञ्चाङ्ग:०५
तिम्रो जीवनमा आउन मन छ
तिम्रै पछि पछि धाउन मन छ
जिन्दगी सजाउनको लागि सधैं,
तिमीलाई साथ पाउन मन छ
साथ रही गीत गाउन मन छ।
-ह्यारिस।
पञ्चाङ्ग:०६
सत्य त! सधैँ उज्यालो हुन्छ मित्र
जनताकाे मनलाई छुन्छ मित्र
अवरोध आफैँ निस्किनेछ अनि,
समयले सबै कुरा धुन्छ मित्र
अपराध गर्ने आफैँ रुन्छ मित्र ।
- प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-०७
आफू जलेर संसारलाई जलाउँछ अहंकार
अमृत घडामा विष रोपी फलाउँछ अहंकार
हामी भित्र पनि यौटा रावण पक्कै छ त्यसैले त ,
रामको विवेक बारबार छलाउँछ अहंकार
जतिपल्ट काट्यो उतिपल्ट पलाउँछ अहंकार ।
-पशपती राई खोटाङ ।

