
नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर वरिष्ठ साहित्यकार एवम् अग्रज लघुकथा स्रष्टा महेश प्रसाईंलाई ‘विजय स्मृति अग्रज लघुकथा- स्रष्टा सम्मान- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त कुराको जानकारी गराएको हो ।
कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेज्यूको स्मृतिमा मञ्चले २०८२ सालमा यस सम्मानको स्थापना गरेको हो ।
आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३’मा नगद रू.११,१११/- (एघार हजार एकसय एघार रुपैयाँ) सहित सम्मान पत्र (ताम्र-पत्रमा) समर्पण गरिने मञ्चले जनाएको छ।

