डा. सिलवाललाई ‘लघुकथाश्री समालोचक सम्मान- २०८३’ समर्पण गरिने

  • १० असार २०८३, बुधबार ०७:५३ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा समालोचक डा. हरिप्रसाद सिलवाललाई ‘लघुकथाश्री समालोचक सम्मान- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी गराएको हो।
    नेपाली साहित्यकाे क्षेत्रमा लामाे समयदेखि लघुकथा समालोचना तथा लेखनका क्षेत्रमा विशिष्ट याेगदान पुर्याउनुभएवापत उहाँलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो।
    उहाँले संस्थामा समर्पित रहेर वर्षभरि लघुकथा समालोचनामा योगदान पुर्याउनुभएको संस्थाले जनाएको छ ।
    आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३’मा नगद रू. ११,१११/- (एघार हजार एक सय एघार) र ताम्र पत्र सहित उक्त सम्मान समर्पण गरिने मञ्चले जनाएको छ।