साप्ताहिक पञ्चाङ्ग अभ्यास-१८८

  • ३१ जेष्ठ २०८३, आईतवार १२:२० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयअठासीऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१८८———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०२/०४

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    तिम्रो साहारा बनी आउँछु म प्रिय

    पीडामा नि सम्झेर धाउँछु म प्रिय

    तन टाढा भए नि मन टाढा छैन,

    प्रेमील गीत सधैं गाउँछु म प्रिय

    मनमा तिमीलाई पाउँछु म प्रिय।

    -सुशीला पौडेल।

    पञ्चाङ्ग:०२

    म पनि तिमीलाई सजाउँछु प्रिय

    म पनि तिमीलाई नचाउँछु प्रिय

    दुई ज्यान एक मुटु भै हामीले ,

    कति खेर म आफै लजाउँछु प्रिय

    भावनामा बहेर कजाउँछु प्रिय ।

    • Madhusudan Prasad Ghimire

    👉🏻पञ्चाङ्ग:०३

    नयन नयनको कुरा मनमा गाँसिँदै गयो

    मौन भावनाको डोरी चुपचाप बाँधिँदै गयो

    ओठले केही नबोले पनि प्रेम बोलिरहन्छ,

    हेराहेरमै जिन्दगानीको अर्थ साँचिँदै गयो

    यसै उसै जीवनको लामो बाटो नाघिँदै गयो ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-०४
    यै देशको माटो बनाउनु छ हामीले
    नेपाली हौं भन्ने जनाउनु छ हामीले
    गौरवान्वित हुँदै बाचौंला हुन्न हामी,
    यै देशको माटो खनाउनुछ हामीले
    परदेशीलाई तनाउनु छ हामीले ।

    -दुर्गा रिजाल आचार्य

    पञ्चाङ्ग:०५
    तिम्रो जीवनमा आउन मन छ
    तिम्रै पछि पछि धाउन मन छ
    जिन्दगी सजाउनको लागि सधैं,
    तिमीलाई साथ पाउन मन छ
    साथ रही गीत गाउन मन छ।
    -ह्यारिस।

    पञ्चाङ्ग:०६

    सत्य त! सधैँ उज्यालो हुन्छ मित्र
    जनताकाे मनलाई छुन्छ मित्र
    अवरोध आफैँ निस्किनेछ अनि,
    समयले सबै कुरा धुन्छ मित्र
    अपराध गर्ने आफैँ रुन्छ मित्र ।

    • प्रद्युम्न चालिसे
      भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०७
    आफू जलेर संसारलाई जलाउँछ अहंकार
    अमृत घडामा विष रोपी फलाउँछ अहंकार
    हामी भित्र पनि यौटा रावण पक्कै छ त्यसैले त ,
    रामको विवेक बारबार छलाउँछ अहंकार
    जतिपल्ट काट्यो उतिपल्ट पलाउँछ अहंकार ।
    -पशपती राई खोटाङ ।