साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४४

  • ७ जेष्ठ २०८३, बिहीबार ०५:२९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचवालीसौमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८३/०१/०४

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४४[एकसयचवालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    आजको चित्रपट मातातीर्थ विशेष रहेको छ।
    ~~~~~
    मातातीर्थ औँसी विशेष

    पञ्चाङ्ग:०१
    सन्तानहरुको आँखाको नानी आमा
    प्यासमा तिर्खा मेटाउने पानी आमा
    आजको दिनको शुभकामना दिन्छु,
    प्रथम शिक्षा सिकाउने ज्ञानी आमा
    सन्तान बचाउन सक्ने रानी आमा।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    खास प्रकृतिको मूल शक्ति आमा
    उदरमा राख्ने झुल शक्ति आमा
    प्रसवव्यथा सहेर जन्मदिने,
    पक्का जीवनको पुल शक्ति आमा
    घरकाे प्रमुख रुल शक्ति आमा ।
    प्रधुम्न चालिसे
    पञ्चाङ्ग:०३
    आमा जन्म दाता हुन्
    ज्ञान दिने ज्ञाता हुन्
    छैन आमा समान,
    अक्षरको पाता हुन
    हृदयको खाता हुन्
    ह्यारिस ह्यारिसन

    पञ्चाङ्ग:०४
    आमा जननी धर्ती खनेर तिमी
    प्राण दिने रक्षक बनेर तिमी
    अमुल्य शक्ति तिमीले दिँदाआमा
    माया दिन्छौँ सन्तान गनेर तिमी
    लिदै बढ्छौँ सन्तान भनेर तिमी ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग-०५
    छातीभरि आमाको माया पिठ्युँमा भारी बोकेको छु
    आसुँ खस्न नदिइ आँखाबाट बिचमै रोकेको छु
    आमा तिमीले छाडेर गएपनि ताजै छ सम्झना,
    भावमा उर्ली आउँछौ तिमी मैले छाती ठोकेको छु
    शब्द भेटिन कवितामा लेख्न कलम टोकेको छु।
    -पशपती राई खोटाङ ।