“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयउन्नचालीसौ हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/११/२८
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३९[एकसयउन्नचालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१
सुन्दर वन छ
सबैको मन छ
कति हरियाली,
राष्ट्रिय धन छ
गाईको तन छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
गाई चर्दैछन् सुन्दर वनमा यहाँ
औधी रमाएका आफ्नै मनमा यहाँ
सधैं गाई हाम्रो राष्ट्रिय जनावर,
हर्ष साट्दैछन् सबैकाे पनमा यहाँ
किसान खुसी छन् दुध धनमा यहाँ।
-केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ,हाल भारत ।।
पञ्चाङ्ग:०३
आहा !हेरिरहुँ जस्तो सुन्दर वन छ।
आनन्दले र रमाएको छ यो मन छ
हरियालीमा डुलेका छन् गाईहरू हो,
हरियाली वन नै नेपालको धन छ
राष्ट्रिय यो जनावर गाईको तन छ।
-दुर्गा भट्टराई
पञ्चाङ्ग- ०४
धान फल्ने गहुँ फल्ने खेतमा आज गाई चरेको देखियो
मान्छेविहीन घरहरू
बिलखबन्दमा परेको देखियो
जति हेर्यो उति हेरौं हेरौं लाग्ने यी हरियाली वनपाखा,
हेर्ने मान्छे नै नहुँदा प्रकृतिले गुनासो गरेको देखियो
नसुने झैं गर्दै मान्छे दिनदिनै बसाइँ सरेको देखियो।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग०५
प्राकृतिक एउटा सुन्दर गाउँ हजुर
हरियाली ढपक्क ढाकेकाे ठाउँ हजुर
चाैरमा स्वतन्त्र आहा गाई चरी रहेका
रमणीय स्थानको के हाेला नाउँ हजुर
मस्तले छटामा दुबै हात बाउँ हजुर ।
प्रधुम्न चालिसे

