साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला भाग- १७७

  • २६ पुष २०८२, शनिबार १०:४७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय सतहत्तरऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७७———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०८/२९

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    कर्म गर फलको आश नगर

    प्यास लाग्दा जलको आश नगर।

    हाँसो खुसीमा हजारौं हुन्छन् यहाँ,

    दुःख पर्दा दलको आश नगर

    बलियाको बलको आश नगर।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देश समृद्धिकाे नारा भित्र जलेकाे छ हजुर
    सुशासन प्रतिबद्धताले छलेको छ हजुर
    भनाइ गराइएको तारतम्य नमिलेपछि ,
    कलिमा त! मनुष्यमा पाप फलेको छ हजुर
    विश्वमञ्चमा पू्र्खाको सान ढलेकाे छ हजुर ।
    -प्रद्युम्न चालिसे
    पञ्चाङ्ग-०३
    यो बाटो गलत छ अझै अघि जान्छु नभन
    आफू मात्रै हैन अरूलाई नि लान्छु नभन
    लक्ष्यमा पुग्न सही मार्ग चुन्नुपर्छ पहिला,
    यहीँबाट लक्ष्यलाई झटारो हान्छु नभन
    भुइँमा बसिबसि मिठो फल खान्छु नभन।
    -पशपती राई खोटाङ ।