“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग:- एकसयएकचलीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०७/१३
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४२{एकसयएकबयालिसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
धेरै गुलाफहरू फुलेकाछन् यहाँ
डालीमा फूलहरू झुलेकाछन् यहाँ
साैन्दर्य सुगन्धले माेहित भएर,
कति भमराहरू डुलेकाछन् यहाँ
सबैका मन रम्दै भुलेकाछन् यहाँ।
सुशीला पौडेल
👉🏻पञ्चाङ्ग🇧🇹:०२
जीवन फूल भएर फुलिदिए हुन्थ्यो
कसुर झर्दै गएर भुलिदिए हुन्थ्यो
एकबारको जिन्दगीमा हाँसो नमास्न,
मनको भावनाहरू खुलिदिए हुन्थ्यो
खुलेर संसारभर डुलिदिए हुन्थ्यो ।
✍️अच्युत घिमिरे,
सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग-०३
जीवनको फूलबारीमा ढकमक्क फुल्यो फूल हेर
बिहानीको मिर्मिरेमा तिमी पनि आइ डुल हेर
मलाई त तिम्रो मुहार नै फूल जस्तो लाग्छ सधैं ,
तिमी पनि फूल झैं मुसुक्क मुस्कुराइ खुल हेर
पीर व्यथा जे जति छन् सबै जिन्दगीको भुल हेर।
-पशपती राई खोटाङ ।

