
समर्पण रमजान
रियाद साउदी अरबिया ! एनआरएनए साउदी अरबको नवगठित कार्यसमितिले गत १ अगस्ट २०२५ शुक्रवारका दिन नेपाली राजदूतावास रियाद स्थित दूतावास परिवार सँग साक्षात्कार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबको दशौँ राष्ट्रिय महाधिवेशन बाट ०२५/२७ कार्यकालका लागी उमेश भट्टराईको नेतृत्वमा निर्वाचित कार्यसमिति द्वारा नेपाली राजदूतावास रियादका लागी महामहिम राजदूत श्री डा.नरेश विक्रम ढकाल, उपनियोग प्रमुख सृजना अधिकारी तथा सम्पूर्ण, दूतावास परिवार को उपस्थितिमा साक्षात्कार भेटघाट कार्यक्रम गरेको हो
उक्त साक्षात्कार कार्यक्रमका क्रममा नेपाली राजदूतावास रियादको तर्फ बाट महामहिम राजदूत डा. नरेश विक्रम ढकालले नव निर्वाचित कार्यसमितीलाई बधाई ज्ञापन गर्नु हुँदै शुभकामना व्यक्त गर्नुका साथै एनआरएनए साउदी अरब द्वारा आगामी दिनहरूमा नेपाली समुदाय तथा श्रमिक हितको लागी गरिने कार्यहरूमा नेपाली राजदूतावासको सदैव साथ र सहयोग रही रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। त्यसै गरी श्रम काउन्सिलर कविराज उप्रेतीले श्रमिक सचेतना तथा सामाजिक सुरक्षा कोष सम्बन्धी सुचना भरपुर मात्रामा नेपाली श्रमिक माझ संप्रेषण गर्न विशेष भूमिका निर्वाह गरिदिन संघलाई आग्रह गर्नु भएको थियो

उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका कामर्यसमितिका पदाधिकारीहरू, रियाद क्षेत्रीय समन्वय समितिका पदाधिकारीहरू यसैगरी अल्कासिम क्षेत्रीय समन्य समितिका पदाधिकारीहरू र अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईले दूतावास सँग भविष्यमा अझै निकटमा रहेर सामाजिक कार्यमा आफू तथा आफ्नो टिम अग्रसर रहने र श्रमिकहरूको हक हितका लागि आफू निरन्तर खटिरहने दुःखमा परेका श्रमिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

