
नव-निर्वाचित अध्यक्ष उमेश भट्टराई नेतृत्वमा नयाँ कार्यसमिति गठन
रियाद, साउदी अरब — गैरआवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद् साउदी अरबको कार्यकाल २०२३–२०२५ सफलतापूर्वक सम्पन्न भएको छ।

संघको १०औं राष्ट्रिय महाधिवेशन हालै भव्य रूपमा सम्पन्न भयो। महाधिवेशनबाट श्री उमेश भट्टराई नयाँ कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँसहित नव-निर्वाचित सम्पूर्ण पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा साउदी अरबस्थित नेपाली राजदूत डा. नरेश विक्रम ढकाल सहभागी हुनुहुन्थ्यो। साथै, साउदी अरबमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हेम सुवेदी, उपाध्यक्षहरूमा राजकुमार गिरी, मनीष कोइराला, अर्जु्न थापा र विष्णुप्रसाद भण्डारी निर्वाचित भएका छन्। महासचिवमा शु्क्र लामा, सचिव धु्र्व राज कटुवाल, कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, सहकोषाध्यक्ष संजोग पाण्डे, युवा संयोजक पदम महत, महिला संयोजक लक्ष्मी थापा मगर लगायत सदस्यहरूमा
- खिलेन्द्र राज कंट्ववा
- पूर्ण बहादुर सुनार
- भिम कार्की
- युवराज पोखरेल
- महेश घिमिरे
- रमेश सिंह खत्री
- हरि प्रसाद बिष्ट
रहेका छन्।

२०२३–२०२५ कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सफल साथै संघ तथा प्रवासी नेपाली समाजप्रति अतुलनीय योगदान पुर्याउनु भएकोमा निवर्तमान अध्यक्ष श्रीमती रविना अर्यालज्यू तथा सम्पूर्ण कार्यसमिति प्रतिको आभार व्यक्त गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले नव-निर्वाचित नेतृत्वले प्रवासी नेपालीको हकहित र समस्याहरूको समाधानमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।


