“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयएकाउन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५१—————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०२/२६
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
मानव चोला मरेर जान्छ
खै कस्तो कर्म गरेर जान्छ
सधैं अपमान गर्छौ किन?
कति दुष्टता छरेर जान्छ
कतिले दुःख हरेर जान्छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
हाँस्न खेल्ने उमेरमा जिम्मेवारी काम प्रभु
बाबुआमासँग त छैन स्वीकारी दाम प्रभु
परिवार दु:खकाे भुङ्ग्राेमा छ बुझेकी मैले
कामबिना हाम्राे मुखमा मिल्दैन माम प्रभु
गरिबीको काेखमा जन्मे सहेकी डाम प्रभु !
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०३
देशमा शान्ति आओस् अनि खुसियाली छाओस् अब
प्रकृति पनि खुसी भई चोखो माया लाओस् अब
अशान्तिका पर्खालहरू भत्किएर गए हुने,
कोइलीले मधुर स्वरमा मिठो गीत गाओस् अब
बनमा मयूर स्वतन्त्र भई नाच्न पाओस् अब।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०४
उदाउँदो सूर्यलाई हातले कति छाेप्छौ
देखिन्छ झुटकाे खेती बातले कति छाेप्छौ
कर्म गर, धर्म सम्झी तिमी हौ धिर सधैँ,
दिगो हुँदैन असत्य घातले कति छाेप्छौ
फाेहाेरका डङ्गुर छन् पातले कति छाेप्छौ ।
-भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०५
अशक्तलाई दिइ दान हिँड्नु छ
सबैलाई दिएर मान हिँड्नु छ
भन्नेले जे भनुन् फरक पर्दैन,
नेपालीको गाएर गान हिँड्नु छ
देखाएर नेपाली शान हिँड्नु छ।
-ह्यारिस
पञ्चाङ्ग-०६
समयमा सुत्न पनि त नसकेर समयमा उठ्न सकेनौ
बल्लतल्ल उठेपनि सोचेको जसरी काममा जुट्न सकेनौ
हामी त सधैं गरिब नै रह्यौं समयलाई चिन्न नसकेर,
भएको बल पनि त्यसै गयो समयको उर्जा धुत्न सकेनौ
नतिजा समयले देखाइदियो समयसित छुप्न सकेनौ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग -०७
जलेको छ मुटु जलाउन देऊ
गलेको छ दिल गलाउन देऊ
बचाउ यहाँनेर को छ नजिक
फलेको छ फल फलाउन देऊ
चलेको छ चल्ती चलाउन देऊ।
-सोमनाथ लुइटेल रवि पाल्पाली

