साप्ताहिक पञ्चाङ्ग भाग- १५०

  • ३२ जेष्ठ २०८२, शनिबार १२:०५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयपचासौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५०—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०२/१९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    मानिसको जिन्दगी मरेर जाने हो
    वृद्ध हुँदै चाउरी परेर जाने हो
    दुई दिन बाँचुन्जेल किन?घमण्ड,
    आ आफ्नो योगदान गरेर जाने हो।
    सबै कर्मको फल छरेर जाने हो।
    -सुशीला पौडेल

    👉पञ्चाङ्ग:०२
    एकोहोरो टुलुटुलु हेर्दा फसाउने आँखा
    ध्यान नपुर्याउँदा छर्लङ्ग खसाउने आँखा
    यस्ता आँखाले क-कसलाई व्याकुल बनायो
    सपना साँच्दा साँच्दै बोझले रसाउने आँखा
    नत्र सिमित पारि भुइँमा टसाउने आँखा ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग;०३

    मेरो मनको मन्दिरमा दिन दिनै धायौ किन ?
    आखिर धोका दिनु रैछ जिन्दगीमा आयौ किन?
    धेरै माया दिन्छु भन्यौँ तिमीलाई सबैभन्दा म
    अन्धकारमा पार्नु थियो जून बन्दै छायौ किन?
    मनमा कपट रैछ झुटो कसम खायौ किन?

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग,:०४


    मेरो मृत्यू अगाडिनै आशाको दियो बालिदेउ प्रभु।
    दु:खीको आँसु बगिरहन्छ त्यो सबै टालिदेउ प्रभु।
    यदि तिमीले मेरो लागि यो काम गर्न सक्दैनौ भने
    मलाई कहिले उठ्न नसक्ने गरि ढालिदेउ प्रभु।
    अनि म मरेँ भने खोल्सामा लगेर फालिदेउ प्रभु।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा


    पञ्चाङ्:०५
    =====
    आफूमात्र असल भन्ने मान्छेकाे बानी अपार छ प्रभु
    बाेलीवचन व्यवहारमा आपसमा झपार छ प्रभु
    विभिन्न बहानामा खुल्लम खुल्ला जनता बिक्री वितरण
    एकले अर्काेलाई दाेषाराेपण गर्दै सपार छ प्रभु
    माैका पाउनुपर्छ दायाँबायाँ हेर्दै व्यापार छ प्रभु !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०६
    सधैं नै पार्कमा धायौ तिमी
    धोके अलिकति गायौ तिमी
    विश्वासीको गीत पो गाउँदै,
    यसोगरी के नै पायौं तिमी
    आखिर गोता पो खायौ ?तिमी

    -दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:०७
    काँधमा टेकी टाउकोमा हान्ने छन्।
    पछाडि खुट्टा समातेर तान्ने छन्
    मानिसको चाल पनि अचम्मको,
    सबैजना आ-आफैं निकै जान्ने छन्।
    सर्वेसर्वा कतिले आफैं ठान्ने छन्।
    -ह्यारिस

    पञ्चाङ्ग-८
    सफलता पाउन मिहिनेतको हात समाउनु पर्छ
    थोरै दु:ख गरेर यो जिन्दगीमा सुख कमाउनु पर्छ
    सफलताको रहस्य पनि कर्ममा निरन्तरता हो नि
    लक्ष्यलाई समर्पण गरि जिन्दगी नै थमाउनु पर्छ
    गन्तव्यमा मात्रै होइन यात्रामा पनि रमाउनु पर्छ।
    -पशपती राई खोटाङ ।