
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
शुभकामना
प्रणय दिवस
पूरा होस् चाहना !
- वसन्त अनुभव
[२]
आमा
चोखो माया
सन्तानको लागी जीवनभर ! - रमा पन्त, न्युजिलैन्ड
[३]
भावना
प्रणय दिवसको
सबैमा हार्दिक शुभकामना ! - वेदु न्यौपाने
[४]
शुभकामना
माया गर्ने
जाेडीहरूलाई बार्है मास ! - ईश्वर साउद ‘भिक्षु’
रामारोशन-६, अछाम
[५]
शुभकामना
अटुट प्रेम
सदियाैँ बर्षसम्म चलिरहाेस् ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल- भारत
[६]
प्रेम
अमर गाथा
बैमानीलाई के थाहा ! - संगीता खरेल, काठमाडौँ
[७]
निर्मल
गर्नुहोस् माया
संसारका सबै प्राणीहरूलाई ! - संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
[८]
प्रेम
मनको चाहना
खुला हुने बाहना ! - सविता के.सी.
[९]
प्रेम
सदै गरौँ
एक दिनमा नझरौँ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[१०]
प्रेम
तिमी छौ
र धोका छ ! - डा. देवी पन्थी
[११]
प्रेम
रातो गुलाफ
कहिले नहोस् अभाव ! - आर्त अकुलीन
[१२]
प्रेम
पिरतीको कुरा
कहिले बन्दछ छुरा ! - मोती योन्जन सुब्बा, दार्जिलिङ
[१३]
प्रणय
आफ्नै अक्कल
भयो विदेशीको नक्कल ! - दुर्गा अधिकारी भमरकोटे
[१४]
माया
प्रगाढ बनाेस्
सबै प्राणी जगतमा ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
[१५]
माया
माया भन्ने
रुवाउने कैले हसाउने - बिबा तामाङ, दार्जिलिङ
[१६]
माया
एकदिन होइन
सधैँ सधैँभरि हुन्छ ! - दीप गोले
[१७]
माया
आमाबुबाको जस्तो
संसारको उज्यालो छाया ! - सरस्वती वली, बर्दिया, नेपाल
[१८]
माया
दिलभित्र सजाउने
हँसाउने र रुवाउने ! - धनमाल चौधरी, कैलाली
[१९]
सम्बन्ध
नलागोस् ठेस
प्रेमको विपरित प्रबन्धमा ! - घनश्याम पन्त, हरिवन, सर्लाही
[२०]
प्रेम
अदृश्य वस्तु
कहिले नटुट्ने सम्बन्ध ! - राजाराम रत्गैंया, अमौरा, कैलाली
[२१]
प्रेम
प्रेमीकाे गहना
स्वच्छ मनकाे सद्भावना ! - ताराप्रसाद चापागाईँ, धुनिबेसी
[२२]
माया
अनौठो सम्बन्ध
जीवन बन्छ उमङ्ग ! - नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
[२३]
जन्माष्टमी
मनाओैँ मिलिजुली
प्रणयकाे हुदैन कमी ! - प्रमाेद नेपाल
वीरगञ्ज, हाल: काठमाडौँ-५
[२४]
गुलाब
प्रेमको प्रस्ताव
माया रहोस् सदाबहार ! - सुरेश न्यौपाने
[२५]
प्रेम
आत्मीय भावना
देखासिकी प्रणय दिवस ! - बुद्धिप्रसाद लामिछाने, घोनपा ८, कैलाली
[२६]
कहानी
प्रेमकाे काेसेली
फर्किन्न है जवानी ! - खुनराज काेइराला
सिद्धलेक-३, गैरीगाउँ,धादिङ
[२७]
प्रेम
मनमा रुन्छ
गुलाफको व्यापार हुन्छ ! - पशपती राई, खोटाङ
[२८]
आयाे
प्रणय दिवश
भयाे मनाउन विवश ! - निरज कोइराला
[२९]
माया
जुन जस्तो
नपरोस् कालो छाया ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३०]
माया
संसारिक रिस्ता
भावनात्मक आत्मिय दया ! - टिकाराम पुन टिपु, सल्यान
[३१]
माया
खाँचो हुन्छ
सबै जिवित प्राणीलाई ! - शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[३३]
प्रेम
अमर रहोस्
नदिझैं क्रमश: बहोस् ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती नपा-३, काभ्रे
[३४]
माया
मुटुको स्पन्दन
अति कसिलो बन्धन ! - कमला देवकोटा, पाल्पा
[३४]
उपहार
प्रेमिल सदाबहार
नहाेस् जीवनमा प्रहार ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३५]
माया
अदृश्य भावना
पाउने सबैलाई चाहना ! - रुना कर्माचार्य दाहाल, चितवन
[३७]
मिलन
प्रणय दिवस
प्रेमबिना जीवन निरस ! - नवराज भट्ट, कञ्चनपुर
[३८]
मनोकामना
पूर्ण रहोस्
यही छ चाहना ! - रिता खराल, रूपन्देही
[३९]
प्रेम
व्यापक क्षेत्र
ईश्वरदेखि जगत् सर्वत्र ! - कण्ठराज गिरी
टीकापुर, कैलाली, गुलाब नगरबाट
[४०]
पहिचान
खै मौलिकता
आत्माघाती हुन्छ कृतिमता ! - ऋजु दिल्पाली, ईटहरी-१, हलगडा
[४१]
धड्कन
कसैको चित्र
सदैव रहोस् पवित्र ! - सरिता काफ्ले
कोहलपुर-८, पिपिरी, बाँके
[४२]
प्रेमको
गुलाबी चौघेरो
आफ्नै हुन्छ सेरोफेरो ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[४३]
दिवस
पाश्चात्य सभ्यता
देखासिकीमा नेपाली विवस ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल।
[४४]
माया
सुवास फैलियोस्
सबैलाई अगणित शुभकामना ! - नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
[४५]
जहाँ
हुन्छ सद्भाव
त्यहाँ हुन्छ प्रेम ! - प्रेम थापा ‘मन’, बागलुङ
[४६]
चहाना
स्वच्छ मनोभावना
प्रणय दिवसको शुभकामना ! - विवश पारदर्शी, झापा
[४७]
कञ्चन
प्रणय दिवस
आहा सुन्दर गुलाफ ! - कविता आचार्य, कैलाली
[४८]
प्रणय
बाहिरको भन्दा
भित्री आत्माको मिलन ! - घनश्याम पौडेल, पोखरा
[४९]
प्रेम
पवित्र रहोस्
सम्बन्ध प्रगाढ बनोस् ! - देव स्याङ्देन, कालेबुङ
[५०]
प्रेम
अजर अमर
आत्मिक सौन्दर्य रूप ! - गोपेन्द्र रिजाल, पाँचथर
[५१]
माया
जीउने आधार
बनोस् सुखमय सदाबहार । - सुस्मिता अधिकारी ,काठमाडौं
[५२]
प्रेम
जिन्दगी गाढा
नहोस् युगौंयुग टाढा ! - चूडामणि देवकोटा
पुरानो नैकाप, काठमाण्डौ
[५३]
प्रेम
माया जाल
नजान्नेलाई त्यही काल ! - चक्र शाही, लम्की, कैलाली
[५४]
शुभकामना
सधैँ सजाउनु
मनमा यसरी भावना ! - दुर्गा आचार्य, मोरङ
[५५]
प्रेम
तस्बिर छुदैछु
नयनको आँसुले धुदैछु ! - कला ढकाल, झापा
[५६]
प्रेम
कहीँ घृणा
कहिले बन्छ प्रेरणा ! - दुर्गा भट्टराई
[५७]
प्रेम
सदावहार होस्
शिर कदापि नझुकोस् ! - सरिता सेढाई, धादिङ
[५८]
घर
मायाको भर
नत्र हुन्छ बगर ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[५९]
प्रेम
मनको शान्ति
जीवन उन्नति, प्रगति ! - अबोध निर्मल, लम्कीचुहा-३, कैलाली