
साप्ताहिक झिल्का लेखन अभ्यासको ६१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१,
तिम्रो रङ रङहरूमा
सौहार्द उपस्थितिमा मिसिन्छ,
देखिन्छ अतुलनीय नुमा ।
२,
सञ्जालमा सबै काबिल
निर्णयार्थ निर्णय दिन्छन्
समाज बन्न मुस्किल ।
३,
पछ्याए राम्रो चलन
कदापि हुँदैन घाटा,
बरु घट्छ जलन ।
✍️म्यामराज राई
भोजपुर
…
१,
रङ्गहरू पोतिनु पर्छ
मेटाई दु:खको धब्बा
जीवनमा खुसियाली भर्छ ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
…
१,
झरेका ति आँसु
हेरेर भन प्रिय
कसरी म हाँसूँ ?
२,
रोएको यो मन
देखेर देशको हालत
कसरी सम्हालूँ, भन ।
३,
देशको हालत डामाडोल
भ्याएसम्म सबले खाए
अहिले खोल्छन् पोल ।
✍️ध्रुव श्रेष्ठ
खोटाङ
…
१,
जिन्दगी थकित भयो
हारेको जिन्दगी सम्हाल्ने
पियार कता गयो ।
✍️राज कुमार राजभण्डारी खोटाङ्गे
ऐसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर )
…
१,
उठेर आयो फेरि
सिनो जनताले ढालेको
जागौँ नगरौँ देरी।
२,
रङको भयो होली
तराई, पहाड, मधेश
खेल्यौँ हृदय खोली।
३,
लेखौँ लागेको आफूलाई
प्रतिभा हुन्छन् सबैमा
प्रगतिको बाटो समाई।
✍️सुरेशकुमार पाण्डे
दाङ घोराही १८
…
१,
आयो दौडेर होली
माया प्रेम गाँसौ
खेलौँ दिल खोली।
✍️नवराज भट्ट
कञ्चनपुर
…
१,
नयनमा गहिराई अपार
छर्छ घाम मुस्कानले
मनको आँगनभरि प्यार।
२,
रङ्गिन्छु तिम्रो छायाले
छुन नसके पनि
स्पर्शका ती भावनाले।
३,
नियम बन्दछ बन्धन
खोज्छ परिवर्तन जसले
हुन्छ त्यही अल्झन।
✍️सतीश पण्डित
भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ )
…
१,
सकियो होली अब
चैते दसैँको तयारीमा
जुटौँ हामी सब।
२,
नयाँ वर्ष आउॅंदैछ
चाडपर्व मनाउॅंदा भित्रभित्रै
खर्चले ढाड समाउॅंदैछ।
✍️पुष्पा सुवेदी
नेपालगन्ज, बाँके
…
१,
जिन्दगी मैदान सङ्घर्षको
आउने भएन दिन
खुसी र हर्षको ।
✍️सरिता सेढाई
धादिङ
…
१,
रङ्गहरू सबैले खेल्नुपर्छ
जीवनमा खुसीयाली भर्न
रङ्गले सुखदुःख टर्छ ।
२,
वसन्त ऋतुको पर्व
खेलौँ संस्कृतिको होली
सबैले मानेर गर्व!
✍️वेदु न्यौपाने
…
१,
तिम्रो मायाले गर्दा
पागल बन्दै गए,
बुझेनौ दुख पर्दा।
२,
स्वार्थमा चलेको कलि
अर्थ रहेनछ सहयोग,
जान्छन् गुण छली।
✍️शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर।
…
१,
घमण्ड, द्वेष मासेर
जीवन हाम्रो एकबारको
जिउन सिकौँ हाँसेर
✍️विष्णु पंगेनी (पाण्डे )
वालिङ्, स्याङ्जा
…
१,
उमङ्ग छाएझैँ होलीमा
देशोन्नतिका लागि आवश्यक
मित्रता नेताको बोलीमा ।
२,
पाइन्छ नेपाली भन्न
देश बनाउन सकिने
योगदान दिए धन्न ।
✍️कोपिला समिक्षा
खार्पा, खोटाङ
…
१,
सकेसम्म हृदयदेखि हासौँ
नदेखाउ कसैलाई रोएर
सबैसॅंग मित्रता गासौँ ।
२,
आँखा राता नपारौँ
तालि बजाउने आफ्नै
बलिन्द्र आँसु नझारौँ।
✍️चुडामणि देवकोटा
पुरानोनैकाप, काठमाण्डौ
…
१,
वसन्तको बहार छायो
गुराँसले वन ढकमक्क
कोइलीले गीत गायो।
२,
वसन्तमा पालुवा फेरिँदै
हरियाली छाउने तरखर
लतिका सबतिर बेरिँदै।
३,
कोइलीले गीत गायो
वसन्तको स्वागत हेतु
मनमा उमङ्ग छायो।
✍️सरस्वती श्रेष्ठ
रुपन्देही, बुटवल
…
१,
रङ्गको पर्व होली
संस्कार जोगाउनुछ तिमीले
दुख नहोस् भोलि।
✍️एवाइ प्रभात
धनकुटा
…
१,
एकपछि अर्को पर्व
संस्कार मात्र फरक
मानिन्छ गरेर गर्व ।
२,
संस्कृति हाम्रो सम्पत्ति
बेला बेला आउँछ
प्राकृतिक विपत्ति ।
✍️अम्बिका गिरी
विराटनगर
…
१,
सधैँ नकारात्मक क्रोध
कार्ययोजना विहिन हिँड्छौ
कहिले हुन्छ बोध ?
✍️प्रेम थापा “मन”
बागलुङ
…
१,
होलीले बढ्यो उमङ्ग
आपसी द्वेष घटोस्
दिगो प्रेम प्रसङ्ग।
✍️कमला देवकोटा
पाल्पा
…
१,
होलीको रङ जस्तै
जीवनको हर आयाम
फेरिएर जाओस् प्रशस्तै ।
२,
सकारात्मक बनोस् मन
सृजनामा तल्लीन बनोस्
उत्साह थपिओस् झन ।
✍️पुष्पा राई
खोटाङ
…
१,
सबैले खेलौँ होली
उमङ्ग र सद्भावमा
बेलेर मीठो बोली।
२,
हरियाली वसन्त आयो
शिशिरको पीडा भुलाउन
मनमा खुसीयाली छायो।
✍️संगीता खरेल
काठमाडौँ
…
१,
बिग्रेर मानिसको मति,
ओरालो लागेको मृगझैँ
रोकिन्छ कर्मको गति !
✍️आर्त अकुलीन
…
१,
जीवन नफालौँ खेर।
नर्कमय जिन्दगीलाई तिमी
पबित्र बनाएर हेर ।
२,
जिन्दगी खरानिको रास।
सबैको प्यारो बन्नु
भएसम्म एकमुठी सास।
✍️बेल थोकर तामाङ
बकैया – ८, बस्तिपुर, मकवानपुर
…
१,
होलीको बेला आउनु
सबैसँगै मिलेर हेर
खुसी हर्षले छाउनु ।
✍️साहित्य प्रेमी सुशील
धनगढी
…
१,
शिशिरले ल्यायो घमाइलो
गुराँस फुलेछ बनैमा
कोइलीको भाका रमाइलो ।
✍️बिबा तामाङ
दार्जिलिङ
…
१,
प्रगति देखेर जल्नेसँग
सावधान रहनुपर्छ हामी
पलपल रङ बदल्नेसँग !
२,
हुन्छन् वरपर मान्छेहरू
भाँजो हाल्ने सम्बन्धमा
तिललाई पहाड बनाउनेहरू !
३,
हिँडेर कर्तव्यको पथमा
अगाडि बढौँ निरन्तर
चढेर उन्नतिको रथमा !
✍️वसन्त अनुभव
वसन्तविहार, घोराही, दाङ
…
१,
हेर्दा त सानी
तर साँच्चै उभित्र
अनन्त छ कहानी ।
✍️योजना आचार्य
…
१,
मिठो कुरा आयो
मिल्ने मिलाउने दिन
होली पर्व पायो।
✍️निमा छिरिङ भोटिया
जलढका कालेबुङ
…
१,
प्रभुको नाम बिर्सिएला
ढिला किन हुनुछ
प्रभु पथमा भेला ।
२,
जीवन फूल खिल्दछ
शरणागति भएमा हामीलाई
प्रभु माया मिल्दछ ।
३,
जिन्दगी सङ्घर्षको मेला
कदापि नहोऔँ सधैँ
हामी प्रभुबाट हेला ।
✍️कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी
…
१,
रङहरूमा सद्भावको सन्देश
पुग्न नसकेपछि मनमा
थाप्छन् हरतरहले बन्देज ।
✍️मोती योन्जन सुब्बा
दार्जिलिङ
…
१,
संसार झुक्छ मायामा
आमाको काख तुल्य
हिमालको सितल छायाँमा ।
✍️विवश पारदर्शी
झापा
…
१,
छु पर्खेर बसेको
हृदयमा माया बोकेर
मुटुमा छु पसेको ।
२,
मलाई तिमी मनपर्छ
किन किन तिमीतिरै
यो मुटु सर्छ ।
३,
आँखाले नै बोल
बरु इसारा बुझूँला,
मनको कुरा खोल ।
✍️मनुहाङ किराँती सोलु
…
१,
लात भोको पेटमा
आऊ काममा भन्ने
बात पहिलो भेटमा ।
✍️नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
…
१,
आयो वसन्त बहार
चिसोलाई पर सार्दै
छायो जताततै पहार l
२,
गुराँस फुले पाखामा
अनगिन्ती चरका गीत
सुनिन्छ नौलो भाकामा l
३,
स्वर्गसरि लाग्छ गाउँघर
गुन्जयामान छन् वनपाखा
जताततै हरेक पहर l
✍️बाबुराम गौतम
गुल्मी
…
१,
हिॅंडेको छ रोजेर
कर्म गर्नुपर्छ है
पाइॅंदैन कहीँ खोजेर ।
✍️दीप गोले तामाङ
रौतहट
…
१,
अधर्मले हारेको छिन
बाँड्छौँ सबैसँग खुसी
सत्यले जितेको दिन ।
२,
आफ्नोसँग होली खेलेर
मनाउॅंछौँ संस्कृति हामीले,
अरूलाई दुःख नदिएर ।
३,
आफ्नो संस्कृत बचाऔॅं
तडकभडक नगरी खेलौँ ,
रङहरू मात्रै लगाऔॅं ।
✍️सीमा कार्की समर्पण
मेलचोक
…
१,
जल्नेहरू जल्दै गरून्
छिर्के लगाउने त,
चाँडै नै मरून्।
२,
लेखान्त नै मान्नुपर्छ
हाम्रो भेटलाई त,
कुरा मिलेको ठान्नुपर्छ।
३,
कतै देखेको हुनुपर्छ
लाग्छ मलाई तस्तै
मेरा शब्दले छुनुपर्छ।
✍️कला ढकाल
झापा
…
१,
समयको शक्ति ठुलो
गर्नुपर्छ राम्रो सेवा
नत्र पसिन्छ दुलो ।
✍️नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
…
१,
हृदयमा फोटो फ्रेम
तिम्रो मायाले राखेँ
गर्छु तिमीलाई प्रेम ।
२,
प्रयोग गर्छन् रेती
आफू मोज गर्न
गर्छन् भ्रमको खेती ।
३,
उर्लिन्छन् उल्फैको धनले
कमाएको भन्ने कसरी
हुन्छ थाहा विलासीपनले ।
✍️रामप्रसाद पुरी
बादेल, खोटाङ
…
१,
मनायौँ रमाइलोसँग होली
आर्कोसाल के थाहा
नआउन सक्छ भोलि।
✍️सुनगाभा पोखरेल
कपिलवस्तु
…
१,
मैले कसम खाएँ
माया तिमी मेरो
तिमीमा म पाएँ ।
२,
फूल जस्तै फक्रनु
जस्तो दुःखमा पनि
समयलाई राम्ररी पक्रनु ।
३,
बेरोजगारीको छ प्रहर
रोजगारीको समस्याले बढ्दैछ
विदेश जानेको लहर ।
✍️शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौँ
…
१,
छाउँछ खुसी हर्ष
अर्को नाम जिन्दगीको
पक्कै हो सङ्घर्ष ।
२,
त्यागेर शङ्का भ्रम
सफलताका लागि नै
नियमित गरौँ श्रम ।
✍️भोज विवश मगर
गैंडाकोट -३, नवलपरासी पूर्व
…
१,
स्वच्छ पवित्र भावना
चाडपर्व आउँछ जान्छ
सबैमा सुखद कामना ।
२,
नरहून् कालामैला मनहरू
ईश्वरीय शक्तिको सौरभ
मीठासमै रहोस् वचनहरू ।
३,
कुरा कसैको नकाटौँ
सद्भावना रहनुपर्छ सधैँ
आपसमा कोही नफाटौँ ।
✍️घनश्याम पन्त
हरिवन, सर्लाही
…
१,
खोक्रो नारामा नेपाल
समृद्ध भनेर भक्ने
नेताको छैन कपाल ।
२,
पग्लियो हिमालको हिऊँ
पर्यावरण बदलिएको कारण
प्रकृतिको ठग्ने निउॅं ।
३,
लोकतान्त्रिक गणतन्त्रको शासन
जनता महॅंगीको मारमा
नेतालाई अधिक रासन।
✍️बिपी लामिछाने
दमक, झापा
…
१,
सम्झना ठुलो धन
बाटौँला मायाको डोरी
मिलाएर दुवै तनमन ।
✍️प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
…
१,
फुल्छ कति राम्रो
लेकको वनमा लालीगुराँस
राष्ट्रिय फूल हाम्रो ।
२,
वसन्त ऋतुसँगै आउने
हरियाली नयाँ पवन
मनमा खुसी छाउने।
✍️साबित्री प्याकुरेल
धादिङ
…
१,
लेखेको भाग्य मेटिॅंदैन
कोरेको भावीले निधारमा
खोजेर नयाँ भेटिॅंदैन ।
२,
अरूको आशा नगर
दिन्छन् झुटो आश्वासन
कहिल्यै नपर्नु भर ।
✍️राधा चाम्लिङ
खोटाङ
…
१,
मौसम परिवर्तन हुँदै
निलो आकाशमा परिणत
बादलका धब्बा धुँदै।
२,
वसन्त ऋतु आएछ
पलाउँदैछन् नयाँ पालुवा
सुकेका पातपतिङ्गर झरेछ ।
✍️शोभा आचार्य गौतम
काठमाडौँ
…
१,
रङ मुछिएका लोला,
तराईको गर्मी यस्तो
विकृति आएर होला।
२,
खुसियाली कति मिठो,
साथ राम्रो सधैँ
रमाई खाने सुधोपिठो।
✍️दुर्गा आचार्य
मोरङ
…
१,
शुभकामना यो होलीको
सुन्न पाऊॅं यस्तै,
तिम्रो मिठो बोलीको।
२,
दुई शब्द खर्च
होलीको शुभकामना सबैमा
दिनु सबैले पर्छ।
✍️कृष्ण शर्मा ‘प्रतीक’
मोदी – ७, पर्वत ( हाल: दुबई )
…
१,
होलीमा सबै रहॅंदै
भाङ, धतुरो नखानू,
कष्टमा बस्नुपर्ला सहॅंदै ।
✍️रमा गुरुङ
सालुगडा सिलीगुडी
…
१,
होली रङहरूले छायो
रमाउँदै सबै देशमा
चरीले गित गायो !
२,
लाउँदै पर्वहरूले बाटो
सबै विदेशमा हामी
बाँजो घरको पाटो !
✍️रवि पौडेल
दक्षिण भारत पाण्डेचरी
…
१,
भोग्नेलाई हुन्छ थाहा
दुःख सहर, गाउँको
दुवैको मिश्रणमा आहा !
२,
उदाउँछ भोलि गर्व
नौलो बिहानी लिएर
रमाउँदै रङको पर्व ।
✍️शान्ति भुजेल
…
१,
पर्दा जिन्दगीमा रात
कसको विश्वास गर्नु ?
आफ्नाहरूले गरेपछि घात ।
२,
आँसुलाई पर्छ थुन्न
फुर्सद छैन कसैलाई
मनको पीडा सुन्न ।
✍️प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना, सुर्खेत
…
१,
दलेर एकअर्कामा रङ्ग
होलीको पर्व मनाइयो
सद्भाव नगरीकन भङ्ग।
२,
खोलेर मनको झोली
संस्कार संस्कृति अनुसारको
मनाइयो सबैले होली।
✍️अरुण कुमार भुजेल
दार्जिलिङ, भारत
…
१,
कति बोल्दछौ झुटो
अखण्डित भन्छौ तिमी
देख्दछु तमाम ठुटो ।
२,
नमानेर बस्दा धक
श्रृङ्गार नगरीकन पनि
रूप देख्छ चमक ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
…
१,
किसानले जोत्ने हलो
गणतन्त्र आयो देशमा
गरायो मुखियालाई भलो।
२,
किसानको काँधमा कोदालो
खेतबारीमा उम्रीए बनमारा
गरीबको घरमा भुइँचालो।
✍️होमप्रसाद नेउपाने
धरान, सुनसरी
…
१,
किसानको हातमा कोदाली
व्यवस्था परिवर्तनले फेरिएन
गर्ने उकाली ओराली।
२,
लाग्यो डाँडामा जुन
तल्लाघरे शाहिलालाई मैले
व्यर्थै लगाएछु गुन।
३,
स्वर्गझैँ लाग्छ गाउँघर
त्यहाँको वातावरण जस्तो
भेटिॅंदैन कुनै सहर।
✍️अर्जुन प्रसाद चौलागाई
रामेछाप:-सुनापति-१ ( हाल:-अमेरिका,बोस्टन )
…
१,
जीवनको अनिश्चित मोड
बाँच्नुको छैन ठेकान
पैसा कमाउने होड ।
२,
चित्र छ विचित्र
मान्छे पनि उदेकको
कालो सेतो मनभित्र ।
३,
सत्य सत्य बोल्छु
पारदर्शी मन मेरो
पोल सबै खोल्छु ।
✍ राजेन्द्र प्रधान ‘पासा’
दार्जिलिङ
…
१,
फुल्यो फूल गमलामा
सुगन्ध छरेर वरिपरि
भवरा आए हमलामा ।
२,
किन गर्छौ रिसराग
भोक मेटाउन आज
अघाएर फेरी भाग।।
✍️चन्द्रिका रिमाल न्यौपाने
…
१,
प्रेममा परेपछि मान्छेहरू
पागल जस्तो हुन्छन्
त्याग्छन् बाआमा बरु ।
२,
स्वार्थी छन् मान्छेहरू
आफ्नो फाइदा हेर्छन्
लडाइ दिन्छन् अरू ।
✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई – ४, झापा
…
१,
मनमा छैन शान्ति ,
वसन्त ऋतुको बहारमा,
देखिन्न मुहारमा कान्ति।
२,
उज्यालो भयो वन
गुँरास फुलेर पहाडमा,
प्रकृतिको हाँसेको मन ।
३,
प्रकृति जस्तै हामी,
निरन्तर चल्नसके त
बनिन्थ्यो तब स्वामी।
✍️मनोहरी पौडेल
गैडाकोट – १
…
१,
चिसो मौसम रोकियो
चैत मासको हावा
बार्दलीमा टक्क ठोकियो ।
२,
बर्सात हुनै सकेन
पालुवा ओइलियो खडेरीले
परिश्रमको केही लागेन ।
✍️जानुका बास्कोटा
काठमाडौँ
…
१,
बुझेर पर्वहरूको अर्थ
पालन गरौँ संस्कृति
तामझाम नगरौँ व्यर्थ!
२,
खेलौँ मिलीजुली होली
ईर्ष्या, द्वेष भुलेर
गुनासोहरूको गाँठो खोली!
३,
बोलिराखौँ मिठो बोली
घोली मुखमा मिठास
हुन्छौँ हुँदैनौँ भोलि ।
✍️ज्योतिका छेत्री
सिलगडी, भारत
…
१,
जुलुस र होली
छक्क छन् नेता
कसरी देखिन्छौँ भोलि ?
२,
मजै आएन होलीको
सम्झेर राजाको जुलुस
कस्तो होला भोलिको ?
३,
आफ्नै हो गल्ती
याद आएन जनताको
हेरियो आफ्नै खल्ती ?
✍️शम्भु गजुरेल
सिन्धुली
…
१,
नगर अर्कोलाई गाली
कमजोरी पत्ता लगाइ
बजाउँलान् शत्रुले ताली।
२,
सुकाई व्यर्थमा घोक्रो
देख्दादेख्दै सुन्दर देश
बनायौ साह्रै खोक्रो ।
३,
गर्नुपर्छ बेलामा होस
समयलाई चिन्न नसके
खेप्नुपर्ला जनताको रोष ।
✍️जयनारायण नेपाल
इलाम ( हाल सूर्यविनायक २ बालकोट, भक्तपुर )
…
१,
ऋतुराज वसन्त आयो
चारैतिर हरियाली बनाई
मनमोहक दृश्य छायो ।
✍️कोपिला अधिकारी
गोरखा
…
१,
हुन्छ सधैँ हार
गयो कोसिस खेर
सकिन लगाउन पार
✍️नन्दा धामी
नौगाड, दार्चुला
…
१,
समयले कोल्टे फेर्यो
जलवायु परिवर्तन हुँदै
प्रदूषणले संसारलाई घेर्यो ।
२,
देखिने ध्रुवतारा जस्तै
सबैलाई सुमार्ग डोऱ्याउने
प्रकाश छर्नु प्रशस्तै।
✍️देव स्याङ्देन
कालेबुङ
…
१,
उसलाई कससैले तपाईॅं
बनाओस् कि नबनओस्
बनिदिन्छ आफैँ मपाइँ।
२,
बेग्लाबेग्लै मान्छेका ओठ
छ कति पीडादायी ?
सहनु परेको चोट।
✍️सतीश सिकारु
तनहूँ
…
१,
गुण लायौ अनेक
कसरी बिसौँ मैले
गुमाएर आफ्नो विवेक।
✍️हरिगोपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगाबजार बनेपा – १४
…
१,
वैज्ञानिक गर्देछन् प्रयास
पृथ्वीमा आउनेछ सुनीता
सबैलाई छ विश्वास ।
✍️संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
…
१,
नजरको दृष्टिकोण फेर्नू,
अरूलाई भन्नुभन्दा पहिला
आफूलाई ऎनामा हेर्नू ।
२,
सम्बन्धमा छुरा खोपिन्छ
छल्ने, लुकाउने गरेमा
शङ्खाको बीउ रोपिन्छ।
✍️रुना कर्माचार्य दाहाल
चितवन
…
१,
सुन्दर देश नेपाल
भिजनबिनाको छ नेतृत्व
बनाए साहै बेहाल ।
२,
जीवन एक सङ्घर्ष
पौरखी पाखुरा बजारे
जीवनमा सदैव हर्ष।
३,
कहाँकी हौ परी ?
मदहोस हुन्छु म
नहेर बिन्ती त्यसरी ।
✍️बिमल पोखरेल
धरान -१७, पटनाली
…
१,
आर्यघाट जलाइएको लास
उफ्रिॅंदै चाहियो भन्छन्
गनतन्त्रमा कस्तो बकवास ?
२,
उहिले गएको मलामी
ब्युँतिने स्वप्न देख्दै
अहिले खोज्छन् सलामी ।
✍️राज बहादुर बडुवाल
कनकासुम्दरी-५, जुम्ला
…
१,
सोचेको आउँदैन दिन
त्यसैले अब छोडिसके
अनेकथरी पिर लिन।
२,
आशाको दियो बाल्न
आफैँ परिश्रम गरेर
पर्छ कदम चाल्न।
३,
स्वार्थी भावना तोडौँ
उन्नति, प्रगतिको बाटोतिर
अब पाइला मोडौँ ।
✍️ललिता गिरी
सिन्धुली
…
१,
जोस जागर उर्जा
सहने शक्ति मिलिरहोस्,
क्षमता नै पुर्जा ।
✍️श्रीकृष्ण धामी
बझाङ
…
१,
विभिन्न रङ घोली
पर्वमा गरौँ रमाइलो
आपसमा मिलाइ लोली ।
२,
अबिर अनि रङ्ग
रमाएको देख्दा हामी
पराया होऊन् दङ्ग ।
३,
मनमा उमङ्ग छायो
नयाँ पालुवा लिएर
वसन्त ऋतु आयो ।
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
…
१,
सधैँ खुसी भएर
जिउने हामी सबै
पीडा भुल्दै गएर।
✍️सानु जोशी
सुदुरपश्चिम, दार्चुला
::::::::जय झिल्का साहित्य ! ::::::::