झिल्का लेखन अभियानको ६६ औँ शृङ्खला (अन्तर्राष्ट्रिय नारी दिवस विषयक) सम्पन्न

  • २६ फाल्गुन २०८१, सोमबार ००:०२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ६६ औँ शृङ्खला (अन्तर्राष्ट्रिय नारी दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    ~~~~~~~<•>~~~~~~~~
    ०)
    १.
    बोकेर  अनेकन्  जिम्मेवारी
    हाँस्दछिन् दबाएर आँसु
    सहनशीलताको प्रतिमूर्ति नारी !
    २.
    नारी देवी कर्ताधर्ता
    रोप्छिन् आफूभित्र जीवन
    बनेर एक सृष्टिकर्ता !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    ~~~~~~~<•>~~~~~~~~
    १)
    बोकेर काँधमा जिम्मेवारी
    अब्बल बन्दै यात्रामा
    अघि बढुन् नारी !
    ✍️
    संगीता खरेल
    काठमाडौँ
    ~~~~~~~<•>~~~~~~~~
    २)
    १.
    सबैको मनमा इमान्दारी
    पहिलो खुड्किला रहन्छ
    सदैव ममतामयी नारी !
    २.
    इज्जत गरौँ नारीको
    विश्वमा उठाउँछिन् कदम
    जहिल्यै आफ्नो जिम्मेवारीको !
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ~~~~~~~<•>~~~~~~~~
    ३)
    १.
    पृथ्वी  हुन्  नारी
    जिम्मेवार बनी घरको
    बोक्छिन् शिरमा भारी !
    २.
    उठाउनु पर्दछ  नारीलाई
    भागबन्डा लगाई सबैमा
    चौतारीमा सुस्ताऊ भारीलाई !
    ✍️
    टिकाराम पुन टिपु
    ~~~~~~~<•>~~~~~~~~
    ४)
    १.
    बाेकेर काँधमा जिम्मेवारी
    सगरमाथाकाे शिखर चुमुन्
    पाइलाहरू चाल्दै नारी !
    २.
    महान् हुन् नारी
    विश्वले प्रशंसा गर्छ
    हामी बनौँ आभारी !
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ~~~~~~~<•>~~~~~~~~
    ५)
    १.
    नारी उज्यालो किरण
    बन्दछ उनी बिना
    अधुरो धरती गगन !
    २.
    नारी  हुन् सन्सार
    सम्मान देऊ उनलाई
    आउँछ जीवनमा बहार !
    ✍️
    सतीश पण्डित
    भानु६ मातातीर्थ । हाल चनपा ६ मातातीर्थ
    ~~~~~~~<•>~~~~~~~~
    ६)
    १.
    सृष्टिकर्ता हुन् नारी
    धेरै छ काँधमा 
    यो देशको जिम्मेवारी !
    २.
    बस्नुहुन्न सहेर वेदना
    अब फैलाउनु संसारभरि
    नारी मुक्तिको चेतना !
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ~~~~~~~<•>~~~~~~~~
    ७)
    १.
    आमा हुन् नारी
    चमत्कार देखाउछिन् सदा
    खुसीको ढोका उघारी !
    २.
    नारीविना सृष्टि हुँदैन
    जिम्मेवारी आउँछ फेरि
    तर खुसीले छुँदैन ।
    ✍️
    एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    ~~~~~~~<•>~~~~~~~~
    ८)
    १.
    नारी हुन् सागर
    उनको हात नचल्दा
    रित्तो हुन्छ गागर !
    २.
    नसम्झ नारीलाई दासी
    काँधमा जिम्मेवारी बोक्छिन्
    हुँदा पनि तासी !
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ~~~~~~~<•>~~~~~~~~
    ९)
    १.
    अन्तर्राष्ट्रिय  नारी  दिवश
    क्रान्तिको  दिशामा  लागौँ
    नबनौँ  असहाय  विवश !
    २.
    लुकाएर  आँसु  नेत्रमा
    नारीले साहसीलो भूमिका
    देखाउँछिन् हरेक क्षेत्रमा  !
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ~~~~~~~<•>~~~~~~~~
    १०)
    १.
    राष्ट्रियता छ कता
    बताइदेऊ न मलाई
    ज्ञात भएमा पता !
    २)
    अस्मिता खतरामा पर्दैछ
    यहाँ आमा दिदीबहिनीको
    राष्ट्रको राष्ट्रियता मर्दैछ ।
    ✍️
    विवश पारदर्शी
    झापा
    ~~~~~~~<•>~~~~~~~~
    ११)
    मनाऔँ नारी दिवश
    सम्मान गरौँ सबैले
    नपारौँ कुनै विवश !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ
    ~~~~~~~<•>~~~~~~~~
    १२)
    १.
    मुख्य भूमिका खेल्छन्
    जतिसुकै आओस् विघ्नबाधा
    नारीले सहजै  झेल्छन् ।
    २.
    कानुनी संरक्षण हुँदैन 
    घरेलुु हिंसामा परेका
    नारीको कुराले छुँदैन ।
    ✍️
    कला ढकाल
    झापा
    ~~~~~~~<•>~~~~~~~~
    १३)
    १.
    कमजोर नठानौँ महिला
    आधा आकाश ओगट्ने
    बुझौँ सबैले पहिला !
    २.
    अनेक हुन्छन् रुप
    नारी रूपकै खानी
    दुनियाँ हुन्छ चुप !
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी
    ~~~~~~~<•>~~~~~~~~
    १४)
    १.
    घरकी लक्ष्मी नारी
    नारी पुरुष समान
    नहुन् कहिल्यै भारी !
    २.
    नारी सहनशील पात्र
    अब्बल हरेक क्षेत्रमा
    नबनौँ कमजोर मात्र !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~~~<•>~~~~~~~~
    १५)
    १.
    सबैलाई पछाडि पारी
    भृकुटी सिता धेरैधेरै
    जन्मिउन् नेपाली नारी !
    २.
    नेपालमा अग्रस्थानमा नारी
    न्यायाधीश राष्ट्रपति चलाए
    पुरुषहरूलाई पछाडि पारी !
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~~~~~~~<•>~~~~~~~~
    १६)
    १.
    बोक्नुपर्छ सृष्टिको भारी
    खिन्चित खाँदैनन हार
    सङ्घर्षमा महान् नारी !
    २.
    सक्छन् गर्न सामना
    नारी हुन् देवी
    सबैमा छ शुभकामना !
    ✍️
    शंकर कार्की
    थाहा ३ मकवानपुर
    ~~~~~~~<•>~~~~~~~~
    १७)
    १.
    जिम्मेवारी छ जारी
    विचलित हुन्नन् कहिल्यै
    सृष्टिकर्ता यी नारी !
    २.
    हरचाेकबाट उपस्थिति जनाऔँ
    अन्तराष्ट्रिय नारी दिवस
    भव्य रूपले मनाऔँ !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    ~~~~~~~<•>~~~~~~~~
    १८)

    सबैलाई तिमी चाहियो
    फेरि किन घृणा
    बदनाम किन पाइयो ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~~~~~~~<•>~~~~~~~~
    १९)
    १.
    साेचौँ असल भावना
    अन्तर्राष्ट्रिय नारी दिवसको
    सबैमा हार्दिक शुभकामना !
    २.
    बुझ्नू आफ्नो जिम्मेवारी
    घरलाई दिई सुन्दरता
    बन्नू असल नारी !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    ~~~~~~~<•>~~~~~~~~
    २०)
    बोकेर सबै जिम्मेवारी
    बयान गर्न सकिन्न
    घरको छानो नारी !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ~~~~~~~<•>~~~~~~~~
    २१)
    १.
    सृष्टिकर्ता हुन् नारी
    कुरा बुझ्नु पर्छ
    बस्दिनन् हिम्मत हारी !
    २.
    चेत आफ्नै खाेल्नू
    मरिलानु के छ
    सभ्य शिष्ट बाेल्नू !
    ✍️
    जी.वि.
    घाेराही-१४ दाङ
    ~~~~~~~<•>~~~~~~~~
    २२)
    १.
    दुर्गाको स्वरूप नारी
    पराक्रमी, साहसी हुन्छिन्
    सक्षम सम्हाल्न जिम्मेवारी !
    २.
    हरेक क्षेत्रमा अगाडि
    नारी बढ्दै छन्
    रत्तिभर हिम्मत नहारी !
    ✍️
    देव स्याङ्देन
    कालेबुङ
    ~~~~~~~<•>~~~~~~~~
    २३)
    १.
    बोकेर काँधमा जिम्मेवारी
    बढ्नुपर्छ अगाडि सधैँ
    एकजुट भएर नारी !
    २.
    नाचौँ गाऔँ रमाऔँ
    अन्तर्राष्ट्रिय नारी दिवस
    भव्य तरिकाले मनाऔँ ।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ~~~~~~~<•>~~~~~~~~
    २४)
    कम छैनन् नारी
    समान अवसर पाए
    बढ्छन् अवरोध सारी !
    ✍️
    पुष्पा राई
    खाेटाङ
    ~~~~~~~<•>~~~~~~~~
    २५)
    १.
    सभामा भाषण गर्दैमा
    नारीको उत्थान हुँदैन
    टाउके अगाडि सर्दैमा !
    २.
    महिला घरमै छन्
    भएर आफ्नैबाट पीडित
    ती स्वतन्त्र छैनन् !
    ✍️
    धनमाया चौधरी
    कैलाली
    ~~~~~~~<•>~~~~~~~~
    २६)
    १.
    सृष्टिकर्ता हुन् नारी
    सम्मान गरौँ सबैले
    बनिरहुन् सबैकी प्यारी !
    २.
    सम्मान गरौँ तिनलाई
    नारीविनाको घरमा हजुर
    बस्दैन कोही रमाई !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन
    ~~~~~~~<•>~~~~~~~~
    २७)
    नजर तिम्रो कता ?
    सरकार नजर लगाऊ
    पीडित छन् यता !
    ✍️
    जनक बिसी
    दक्षिणभारत कोचिन
    ~~~~~~~<•>~~~~~~~~
    २८)
    छोरा छोरी बराबरी
    महिला दिवस मनाऔँ
    सधैँ मिलेर यसैगरी !
    ✍️
    सुरेशकुमार पाण्डे
    ~~~~~~~<•>~~~~~~~~
    २९)
    १.
    नारी हुन् धर्तीमाता
    सम्मान गर्न सिकौँ
    सम्झी आफ्नै जन्मदाता !
    २.
    नारी शक्ति नहारौँ
    अन्तर्राष्ट्रिय नारी दिवस
    भव्य सफल पारौँ
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    ~~~~~~~<•>~~~~~~~~
    ३०)
    १.
    नमान्ने नारीलाई मानव
    देखिन्छ घर जगतमा
    पशुभन्दा नीच दानव !
    २.
    नारीको धैर्य सहजता
    कमजोरी ठानेमा जगत्
    बिग्रेर जान्छ सभ्यता !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ~~~~~~~<•>~~~~~~~~
    ३१)
    १.
    मिलीजुली एक भएर
    नारी दिवस मनाऔँ
    आऊ खुसी रहेर !
    २.
    राष्ट्रिय पर्व मानेर
    सगौरव मिलेर सबै
    मानौँ आफ्नै ठानेर !
    ✍️
    भगवती दवाडी
    झापा
    ~~~~~~~<•>~~~~~~~~
    ३२)
    १.
    नारी दिवसको शुभकामना
    विश्वले मानेको दिनलाई
    राखौँ दिलभित्र सम्झना !
    २.
    नारी हुन् धर्ती
    ज्ञानगुनकी अद्भुत सागर
    सुनौँ यिनको अर्ती !
    ✍️
    सुनगाभा पोखरेल
    कपिलवस्तु
    ~~~~~~~<•>~~~~~~~~
    ३३)
    १.
    सधैँ धर्तीझैँ बनेर
    अगाडि बढ्छ्न् नारी
    मन नदुखोस् भनेर !
    २.
    जगाऔँ सम्मानको भावना
    ममताका खानी नारीलाई
    सधैँ हार्दिक शुभकामना !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ~~~~~~~<•>~~~~~~~~
    ३४)
    कष्ट सहेर जन्माउँछिन्
    आफ्नो काखमा राखी
    सङ्घर्ष गर्दै हुर्काउँछिन् ।
    ✍️
    साहित्य प्रेमी सुशील
    धनगढी
    ~~~~~~~<•>~~~~~~~~
    ३५)
    १.
    नारी हुन् भगवान्
    सधैँ जिउछिन् अरूकानिम्ति
    छिन् साँच्चिकै महान् !
    २.
    नारीलाई बनाएर खसी
    दोषी देखाइन्छ भाग्य 
    सराप्दै लेख्ने मसी !
    ✍️
    दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    ~~~~~~~<•>~~~~~~~~
    ३६)
    १.
    सम्हाल्छन् घरको जिम्मेवारी
    सहदै अनेकन् लान्छना
    अश्रुधारा बगाउँदै  नारी !
    २.
    घरकी लक्ष्मी  नारी
    सम्मान गर्ने गराैँ
    बिसाई मनमा भारी !
    ✍️
    श्रीकृष्ण धामी
    बझाङ
    ~~~~~~~<•>~~~~~~~~
    ३७)
    १.
    दीप्ति हुन् नारी
    उनिविना कुनै घरमा
    हुँदैन खुसीको सवारी  !
    २.
    नारी हुन् महान्
    व्यवहारले बनाउँछ उनलाई
    नीरिह अनि बलवान् l
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ~~~~~~~<•>~~~~~~~~
    ३८)

    काँधमा बोकेर जिम्मेवारी
    पुरुषसरह खट्छन् मैदानमा
    हिजोआजका शिक्षित नारी !
    २)
    मनाऔँ नारी दिवस
    विश्वभरि कतै छैन
    हुन नपरोस् विवश !
    ✍️
    अरुण कुमार भुजेल
    दार्जिलिङ ,भारत
    ~~~~~~~<•>~~~~~~~~
    ३९)
    १.
    पाए शिक्षाको प्रकाश
    सबल भए नारी
    गर्छन् देशको विकास !
    २.
    माया, प्रेमको पुजारी
    घरपरिवार सिँगार्ने जहिल्यै
    सहनशीलताको प्रतिमूर्ति नारी !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~~~~~~~<•>~~~~~~~~
    ४०)
    १.
    जिउन नपार भारी
    तिमी छौ सहनशील
    सृष्टिकी मुहान नारी !
    २.
    आफ्नो इच्छा मारी
    परिवार समाली बस्ने
    कति महान् नारी !
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    ~~~~~~~<•>~~~~~~~~
    ४१)
    १.
    उठाैँ अब नारी
    पूरा गर्नु  छ
    देशको सबै जिम्मेवारी !
    २.
    समानताको दिन छाउन
    उठाैँ नारीजगत् सबै
    आफ्नाे अधिकार पाउन !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~~~~~~~<•>~~~~~~~~
    ४२)
    १.
    घरबार जाेगाउने नारी
    हिँड्छिन् सधैँ बोकेर
    काँधमा पुरै जिम्मेवारी !
    २.
    आफू भाेकाे रहेर
    पेट भर्छिन् सन्तानको
    अनेक दु:ख सहेर !
    ✍️
    ईश्वर साउद (भिक्षु)
    रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    ~~~~~~~<•>~~~~~~~~
    ४३)
    भारतीय सभ्य  समाज !
    सम्मान गर्‍यो महिलाको
    पहिर्‍याई राष्ट्रपतिको ताज !
    ✍️
    संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    ~~~~~~~<•>~~~~~~~~
    ४४)
    सृष्टिको सर्वोत्कृष्ट उपहार
    ममता लुटाउने नारी
    रिसाए गर्छिन् संहार !
    ✍️
    ज्योतिका छेत्री
    ~~~~~~~<•>~~~~~~~~
    ४५)
    १.
    शुभकामना नारी दिवसको
    चल्दै छ जताततै
    छलफल नारी बहसको !
    २.
    जहाँ नारी पुजिन्छ
    फेर्दछ काँचुली देशले
    नत्र देशै भुटिन्छ ।
    ✍️
    देव मगर
    तिनाउ~१,कचल,पाल्पा
    ~~~~~~~<•>~~~~~~~~
    ४६)
    नारीकाे जन्म अब्बल
    नमन आमाको ममतालाई
    सिङ्गो विश्वमा सफल !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ~~~~~~~<•>~~~~~~~~
    ४७)
    अनेक स्वरूपमा नारी
    संहाल्छिन् आफ्नो परिवार
    सोच्दिनन् कहिल्यैँ भारी !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~~~~~~~<•>~~~~~~~~
    ४८)
    अन्तर्राष्ट्रिय नारी दिवस
    मनाऔँ सभ्य तरिकाले
    गरेर अधिकारमा बहस !
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ~~~~~~~<•>~~~~~~~~
    ४९)
    १.
    नारीको अस्मिता लुट्नेलाई
    छोड्नु हुन्न आजीवन
    कुकर्ममा सधैँ जुट्नेलाई !
    २.
    नारीको गर कदर
    होइन भेदभाव, हेयले
    सत्कर्मको गर सदर !
    ✍️
    राधा चाम्लिङ
    खोटाङ
    ~~~~~~~<•>~~~~~~~~
    ५०)
    १.
    राष्ट्रका सुन्दर गहना
    नारी कोमल हृदयकी
    राख्छिन् सुन्दर भावना !
    २.
    सृष्टीलाई सुन्दर बनाउन
    फुल्छिन् हरेक घरमा
    झुक्छिन् शान्ति जनाउन !
    ✍️
    चन्द्रिका रिमाल न्यौपाने
    काठमाडौं बालाजु
    ~~~~~~~<•>~~~~~~~~
    ५१)
    आधा आकाश नारी
    घरकी लक्ष्मी हुन्
    बनेकी सबकी प्यारी !
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~~~~<•>~~~~~~~~
    ५२)
    १.
    आफ्नै पौरखमा बाँच
    आधा धरती ढाकी
    सृष्टिको अस्तित्व साँच !
    २.
    जय जयकाली भनेर
    एकतामा जुट नारी
    सृजनाको मूल बनेर !
    ✍️
    ऋजु लिल्पाली
    ईटहरी १ सुनसरी
    ~~~~~~~<•>~~~~~~~~
    ५३)
    अमर नारी शक्ति
    गृहिणी बहिनी आमा
    गरौँ मनले भक्ति !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~~~~<•>~~~~~~~~
    ५४)
    नारी दिवस मनाउनु
    सबै नारी मिलेर
    आफ्नो हक जोगाउनु !
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनसरि
    ~~~~~~~<•>~~~~~~~~
    ५५)
    १.
    काँधमा जिम्मेवारीको भारी
    थाकेर कहिल्यै नाथाक्ने
    अदम्य शक्तिशाली नारी !
    २.
    देवी, धरती, माता
    नारीका अनेक रूप
    पूज्य सबैका विधाता !
    ✍️
    शुक्रराज कुँवर
    धरान १०
    ~~~~~~~<•>~~~~~~~~
    ५६)
    जननी सृष्टिकर्ता नारी
    आधा धर्ती पृथ्वीकाे
    पुज्ने हाम्राे जिम्मेवारी !
    ✍️
    खुनराज काेइराला
    सिद्धलेक-३, धादिङ
    ~~~~~~~<•>~~~~~~~~
    ५७)
    १.
    नारी हुन् देवता
    नगरौँ कुनै विभेद
    सधैँ राखौँ समता !
    २.
    कोमल हुन्छ बानी
    बिझाउन यिनलाई आउँदैन
    सबैका आँखाकी नानी !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    ~~~~~~~<•>~~~~~~~~
    ५८)
    १.
    आँसुको घुट्को पिएर
    पीडामा मुस्कुराउन जान्दछिन्
    ओँठमा मुस्कान लिएर !
    २.
    चुलोचौकोका यी नारी
    अगाडि पाइला बढाउँदै
    हिँड्छन् घुम्टो उतारी !
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    ~~~~~~~<•>~~~~~~~~
    ५९)
    १.
    जनसंख्या वृद्धिको मुहान
    पीडा खपे पनि
    नारीको आफ्नै शान !
    २.
    गन्तव्यमा नपुगी छुटिन्छन्
    कति घरका नारीहरू 
    दिवसकै दिन कुटिन्छन् ।
    ✍️
    ललिता गिरी
    सिन्धुली
    ~~~~~~~<•>~~~~~~~~
    ६०)
    बढाएर अझ समझदारी
    विश्वास राखी नारीमा
    सुम्पिऔँ ठूल्ठूला जिम्मेवारी !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~~~~~~~<•>~~~~~~~~
    ६१)
    छुट्टयाउ सत्य झुठ
    नअल्झ फोस्रो जालमा
    जागरुक बनेर उठ !
    ✍️
    समुन्द्रा शर्मा
    ~~~~~~~<•>~~~~~~~~
    ६२)
    नर र नारी
    एउटै रथका पाङ्ग्रा
    नबस्ने जीवनमा हारी !
    ✍️
    लक्ष्मी रिजाल
    कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
    ~~~~~~~<•>~~~~~~~~
    ६३)
    १.
    महिला पुरुष हाराहारी
    गराैँ   सम्मान   आदर
    महान्  हुन्छिन्  नारी !
    २.
    गर्नु साेचेर विचारी
    बिग्रन्छ आफ्नो घर
    हेला  हुँदा   नारी !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ~~~~~~~<•>~~~~~~~~
    ६४)
    पूरा होओस् चाहना
    यही छ मेरो
    नारी दिवसको शुभकामना !
    ✍️
    नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल
    ~~~~~~~<•>~~~~~~~~
    ६५)
    १.
    बोकेर बोझको भारी
    आँट र भरोसासँगै
    शिखर चुम्छिन् नारी !
    २.
    देशलाई माया गर्ने
    एक सच्चा नागरिक
    राष्ट्रको निमित्त मर्ने !
    ✍️
    बिबा तामाङ
    दार्जिलिङ
    ~~~~~~~<•>~~~~~~~~
    ६६)
    १.
    अनेकौँ कष्ट सहेर
    नारी हुन्छ सदा
    कोमल भावना बोकेर !
    २.
    अन्तर्राष्ट्रिय दिवस मनाऔँ
    सुन्दर भावना लिएर
    जिन्दगी अगाडि बढाऔँ ।
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ~~~~~~~<•>~~~~~~~~
    ६७)
    १.
    देवी शोभाभगवती नारीहरू
    द्रौपदीको जस्तै आजभोलि
    तानिँदैछन्  अझै   सारीहरू !
    २.
    हत्याहिंसा  बलात्कार   हटेन
    नारीका पीडाहरू लेख्नलाई
    बहादुरी     कलमहरू  चलेन !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~~~~~~~<•>~~~~~~~~
    ६८)
    १.
    नारी धरतीकी फूल
    सिङ्गार उनको गहना
    सहनशीलताकी हुन् मूल !
    २.
    बिहानीको झुल्के घाम
    नारी हुन् आमा
    काख सुरक्षीत ठाम !
    ✍️
    जानुका बास्कोटा
    काठमाण्डौ
    ~~~~~~~<•>~~~~~~~~
    ६९)
    नारी  तिमी खास
    ममताकी सागर हौ
    तिमीमै छ विश्वास !
    ✍️
    हन्नाह छेत्री
    दार्जिलिङ
    ~~~~~~~<•>~~~~~~~~
    ७०)
    ए आजका नारी
    जाग्यौ फेरि जाग
    विकृत सोचलाई दुत्कारी !
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ
    ~~~~~~~<•>~~~~~~~~
    ७१)
    देशमा छन् बलत्कारी
    सुरक्षा देऊ सरकार
    सुरक्षित छैनन् नारी !
    ✍️
    काजल न्यौपाने
    भोजपुर
    ~~~~~~~<•>~~~~~~~~
    ७२)
    नारीलाई नगराैँ हेला
    चेतना फैलाउदैँ जाने
    सबैजना भएर भेला !
    ✍️
    सानु जाेशी
    शुदुरपश्चिम दार्चुला
    ~~~~~~~<•>~~~~~~~~
    ७३)
    १.
    नारी सिर्जनाका खानी
    प्रतिमूर्ति हुन् सहनशीलताको
    हुन् प्रकृतिकी रानी !
    २.
    नारी प्रकृतिकी वरदान 
    तिमी जानिलेऊ देवीको
    उपमा कम्तिको नठान !
    ✍️
    वेदु न्यौपाने